काठमाडौँमा जिउँदो सरकारी खसीको मुल्य ६८० रुपैयाँ पर्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीबाट बिक्री गरिने खसी, बोका र च्याङ्ग्राकाे मूल्य सार्वजनिक गर्दै जिउँदो खसीको मुल्य तोकेको हो।
सो कम्पनीका अनुसार जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ६८० रुपैयाँ तथा च्याङ्ग्राको प्रतिकिलो १२ सय ६० रुपैयाँका दरले बिक्री वितरण गरिनेछ।
सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार यस मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट दिएर बिक्री गरिने छ। जसअनुसार आज बिहान ८ बजेदेखि नै कम्पनीको थापाथलीस्थित कार्यालयबाट खसी बोका र च्याङग्रा बिक्री सुरु हुनेछ।
छुटसहित खसी प्रतिकिलो ६ सय ७० र च्याङ्ग्रा १२ सय ५० रुपैयाँमा खरिद गरेर सर्वसाधारणले घर लैजान सक्नेछन्। यस दसैँका लागि कम्पनिले २ हजार खसीबोका र १ हजार वटा च्याङ्ग्रा काठमाडौँ भित्राएको छ।































प्रतिक्रिया