कालीमटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको बजार मूल्य सार्वजनिक गरेको छ।जसअनुसार, आज भारतीय ठूलो गोलभेँडा न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँ, सानो गोलभेँडा ३० रुपैयाँ र नेपाली ठूलो गोलभेँडा ४० रुपैयाँमा बिक्री भइरहेको छ।
यस्तै, आलु रातो ६० रुपैयाँ, सेतो आलु ४२ रुपैयाँ, सुकेको प्याज ८० रुपैयाँ प्रतिकेजीमा बजारमा पाइने छ। आज, प्रतिकेजी लोकल गाजर १००, बन्दा ५०, स्थानीय काउली ११०, रातो मूला ६०, लोकल सेतो मूला २०, भन्टा लाम्चो ३०, तने बोडी ९०, मकै बोडी ८०, मटरकोशा २५०, घिउ सिमी ३०, राजमा सिमी २००, भटमासकोशा ७०, तितो करेला ६०,लौका ६०,परवल ६०,घिरौँला ९०,फर्सी पाकेको ४०,हरियो फर्सी ५०,भिन्डि ७०, बरेला ६०, रायो साग ७०, तोरीको साग ४०, कन्य च्याउ १३०, डल्ले च्याउ २८०, कुरीलो ५०० र काँक्रो ८० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ।
समितिले निर्धारण गरेको फलफूलको मूल्यमा आज फूजी स्याउ प्रतिकेजी ३२०, केरा १४०, कागती १२०, अनार ३५०, कालो अंगुर ४००, सुन्तला भारतीय १३०, तरबुजा ६०, मौसम १५०, मेवा नेपाली ५०, किवी २०० र आभोकाडो २०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य निर्धारण गरेको छ।































प्रतिक्रिया