संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कुनै पनि हालतमा नयाँ जहाज किनेरै छोड्ने अठोट दोहोर्याएका छन् ।
मन्त्री किरातीले यसअघि जहाज किन्ने कुरामा विभिन्न विवाद आएको विषयलाई नियत र सोच गलत भएको हुन सक्ने तर आफूले असल नियतका साथ यो निर्णय गरेको दाबी गरेका हुन् ।
‘यो देशमा जहाज नै नल्याओस् जहाज खरिद बिक्रीमा माफियाको रुपमा भूमिका निर्वाह गर्न खोज्ने प्रवित्तिलाई म खारेज गर्छु । जहाज किन्ने कुरामा विभिन्न विवाद त भए स्वभाविक रुपमा सोच गलत थियो होला । सोच गलत भएपछि विवादीत हुन्छ होला तर हाम्रो यसपाल सोच गलत छैन ।’ उनले भने, ‘सोच गलत नभइ असल राष्ट्रिय हितमा राष्ट्रिय हितको लागि आवश्यकता पुरा गर्नको लागि हामी जहाज किन्न खोज्दै छौं । यसपालि हिजोको जस्तो प्रोपोगान्डा हुँदैन ।’
यसैबीच आजै नेपाल वायुसेवा निगमले नयाँ जहाज किन्न बोलपत्र आह्वान गरेको छ । निगमले एक सूचना सार्वजनिक गर्दै तीनवटा जहाज किन्न बोलपत्र आह्वान गरेको हो ।





























प्रतिक्रिया