नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी "आइएमई" तथा नेपालको पहिलो डिजिटल वालेटको रुपमा स्थापित आइएमईमार्फत सुरक्षित कारोबार गर्नको साथै करोडपति बन्न सकिने अवसरका बारेमा हामी सबैलाई अवगत नै छ । जसअन्तर्गत हालसालै "आइएमई गरौँ,करोडपति बनौँ" योजना सार्वजनिक गरिएको छ जसमा आइएमई तथा आइएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैया प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका पनि रहेको छ ।
आफ्नो स्थापनादेखि नै नेपाली कलाकारिताको लोकप्रिय जोडी अभिनेता दीपकराज गिरि तथा अभिनेत्री दिपाश्री निरौलालाई ब्राण्ड एम्बासडरको रुपमा परिचित गराएको आइएमई तथा आइएमई पे को यस करोडपति योजनामा पनि एम्बासडरदोयको उत्साहपूर्ण साथ तथा समर्थन देखिन्छ । साथै सो योजनाको थप जानकारी हरेक दिन ‘आइएमई तथा आइएमई पे’ को अफिसियल टिकटकको लाइभमार्फत प्राप्त गर्न सकिने छ । जसमा नेपालको चर्चित कलाकारहरू यसराज गराच, साक्षी लम्साल, प्रणिमा दाहाल तथा छन्दे भनेर चिनिने गोपाल ढकाल ब्राण्ड इन्फ्लूएन्सरको रुपमा उत्साहपूर्ण संग्लनता देख्न सकिन्छ ।
यसराज गराच हाल नेपालको चर्चित कलाकार हुन् जसले लगभग एक दर्जन नेपाली चलचित्र खेलिसकेका छन् भने आठ सय भन्दा बढी नेपाली म्युजिक भिडिओमा पनि काम गरेका छन् । साथै विभिन्न टेलिभिजनका कार्यक्रम प्रस्तोता पनि रहेका छन् । त्यस्तै, साक्षी लम्साल पनि अहिले चर्चामा रहेकी नेपाली कलाकार हुन्, जसले धेरै नेपाली म्युजिक भिडिओमा काम गरेकी छिन् भने विभिन्न टेलिभिजनका कार्यक्रम प्रस्तोता पनि रहेकी छिन् । साथै धेरै चर्चित ब्राण्डहरुको ब्राण्ड मोडेलको रुपमा पनि उनलाई देख्न सकिन्छ । प्रणिमा दाहाल पनि अहिले नेपाली कलाकारितामा रुचाएको नाम हो । उनले विभिन्न नेपाली म्युजिक भिडिओमा काम गरेकी छिन् भने धेरै टेलिभिजनका कार्यक्रम प्रस्तोताको रुपमा पनि रहेकी छिन् ।
साथै उनलाई उत्कृट इभेन्ट म्यानेजरको रुपमा पनि चिन्न सकिन्छ र अर्को नेपाली कलाकारिता मा चर्चित नाम हो गोपाल ढकाल, जो नेपाली कलाकारितामा छन्दे भनेर परिचित छन् । उनी बिविगत १८ वर्ष देखि नेपाली कलाकारितामा लोकप्रिय छन् र विशेषगरि नेपाली हास्य टेलीचलचित्रमा उनि रुचाएको कलाकार हुन् । माथि उल्लेखित सबै चर्चित कलाकारहरुलाई अहिले आइएमई तथा आइएमई पेले आफ्नो ब्राण्ड इन्फ्लूएन्सरको रुपमा आबद्ध गराएको छ भने आइएमई तथा आइएमई पेको हरेक योजनामा ब्राण्ड इन्फ्लूएन्सरहरूको उत्साहपूर्ण संग्लनता तथा समर्थन पनि देख्न सकिन्छ ।





























प्रतिक्रिया