सुनको मूल्य हालसम्मकै उच्च, तोलाको पुग्यो १ लाख १६ हजार

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको पुग्यो १ लाख १६ हजार

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनकाे भाउ बढेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे भाउ तोलामा ५ सय रूपैयाँले बढेकाे हाे। गएकाे शुक्रबार प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १६ हजार रुपैयाँमा काराेवार भइरहेकाे छ।

साथै तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदीको मूल्य भने स्थिर रहेकाे छ। गएकाे शुक्रबार १ हजार ४ सय रूपैयाँमा काराेवार भएकाे चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ। 

Logo