गरिमा विकास बैंकको नाफा २० करोड १५ लाख

गरिमा विकास बैंकको नाफा २० करोड १५ लाख

केन्द्रबिन्दु
0
Shares

गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले खुद नाफा २० करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.५७ प्रतिशत भई ८८ करोड ८३ लाख रुपैयाँ कायम भएको छ। असोज मसान्तसम्ममा बैंकको संचालन नाफा पनि ४.३२ प्रतिशतले वृद्धि भई २८ करोड ७८ लाख रुपैयाँ पुगेको छ। 

समिक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १९.९६ प्रतिशत बढेको छ। भने, बैंकको कुल सञ्चालन आम्दानी १२.२९ प्रतिशत बढेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.२५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १९ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

५ अर्ब १८ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ७३ करोड ४३ लाख रुपैयाँ सञ्चित छ। असोज मसान्तसम्ममा बैंकको निक्षेप १.८२ प्रतिशत बढेको छ भने कर्जा १.२८ प्रतिशत बढेको छ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३८ करोड ६८ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा ७ रुपैयाँ ४६ पैसा रहेको छ।

Skip This
Skip This
Logo