नेपाली बजारमा साताको पहिलाे काराेवार दिन आज सुनको मूल्य स्थिर रहेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ लाख १५ हजार ९ सय रूपैयाँमा काराेवार भएकाे सुन आज पनि साेही मूल्यमा नै काराेवार भइरहेकाे छ।
यस्तै, तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १५ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदीको मूल्य भने २५ रुपैयाँले बढेकाे छ। शुक्रबार १ हजार ३ सय ९० रूपैयाँमा काराेवार भएकाे चाँदी तोलामा आज १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।





























प्रतिक्रिया