दोलखा जिल्लाका सबै स्थानीय सरकारहरु मिलेर जाजरकोट भूकम्प पीडितलाई २० लाख रकम पठाउने भएका छन् ।
सोमबार बसेको जिल्ला समन्वय समितिको बैठकले भूकम्प पीडितका लागि प्रत्येक स्थानीय तहबाट गरी कुल २० लाख रकम उपलब्ध गराउने निर्णय गरेको वागमती प्रदेशका पूर्व वन तथा वातावरणमन्त्री विशाल खड्काले जानकारी दिएका छन् ।
दुई नगरपालिकाले तीन/तीन लाख र ७ वटा गाउँपालिकाले दुई/दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय भएको उनको भनाई छ । दोलखा जिल्लामा कुल ९ वटा पालिकाहरु रहेका छन् ।































प्रतिक्रिया