जगदम्बा मोटर्सले उमंगै उमंगको ‘महाएक्स्चेन्ज महोत्सव’ आयोजना गर्दै

जगदम्बा मोटर्सले उमंगै उमंगको ‘महाएक्स्चेन्ज महोत्सव’ आयोजना गर्दै


नेपालका लागि टीभीएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले ‘महाएक्स्चेन्ज महोत्सव’ उमंगै उमंगको आयोजना गर्ने भएको छ । महोत्सव काठमाडौंको भृकुटीमण्डपमा नोभेम्बर ७ देखि ११ तारिखसम्म आयोजना हुने कम्पनीले जानकारी दिएको छ ।

महोत्सवकै माध्यमबाट कम्पनीले आपाचे आरटीआर १६० फोरभी एफआई सई पनि सार्वजनिक गर्ने कम्पनीले तयारी गरेको छ । सवारी साधनमा उत्कृष्ट गुणस्तरको प्रतिबद्धता र उत्कृष्ट उपभोक्ता अनुभवका लागि परिचित जगदम्बा मोटर्सले महाउत्सवका रुपमा मनाउन महोत्सवको आयोजना गर्न लागेको जनाएको छ ।

महाएक्स्चेन्ज महोत्सव उमंगैउमंगको महोत्सवमा उपभोक्ताले कुनैपनि ब्राण्डको पुरानो बाईक वा स्कुटरको एक्स्चेन्ज गर्दा विभिन्न सुविधा तथा अफरहरु हात पार्न सक्नेछन् ।

उपभोक्ताले मेलामार्फत आफ्ना पुराना बाईक वा स्कुटरको एक्स्चेन्ज गर्दा रु. ५० हजारसम्मको एक्स्चेन्ज भ्यालु एडिशन, नकिन्दा १ लाख र किन्दा ५ लाखसम्मको क्यास डिस्काउन्टका साथै बम्पर उपहारमा रु. १० लाख नगद जित्ने अवसरसमेत प्राप्त गर्नेछन् ।

साथै, २५ प्रतिशतसम्मको न्यून डाउन पेमेन्ट, हेल्मेट, बाईक कभर र ब्याग लगायत फ्रि एक्सेसरिजको सुविधा पनि महोत्सवमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यी लगायत सम्पुर्ण सुविधाका साथै शुन्य प्रतिशत ब्याजदरमा नयाँ बाईक खरिद गर्ने अफर पनि महोत्सवमा उपलब्ध हुनेछ ।

महाएक्स्चेन्ज मेला, उमंगै उमंगको नयाँ सवारी सार्वजनिकका साथै आकर्षक एकस्चेन्ज अफरका साथै उपहारहरुको पनि ब्यवस्था गरेको छ । मोटरसाइकल पारखीहरुले यो अवसर छुट्याउनै नहुने कम्पनीको भनाइ छ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एकमात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्दै ग्राहकको मनमस्तिष्कमा स्थान जमाउन सफल छ ।

Logo