जाडो मौसमलाई लक्षित गर्दै सीजीले ल्यायाे नयाँ-नयाँ सामान, घर र मन दुवैलाई न्यानो राख्ने

जाडो मौसमलाई लक्षित गर्दै सीजीले ल्यायाे नयाँ-नयाँ सामान, घर र मन दुवैलाई न्यानो राख्ने

केन्द्रबिन्दु
0
Shares

नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण ब्राण्ड सीजी स्मार्ट डोमेस्टिक अप्लायन्सेसले जाडो मौसमलाई लक्षित गर्दै नयाँ नयाँ जाडोका सामाग्रीहरु बजारमा ल्याएको छ । 

“सीजी घरमा, न्यानो मनमा” शीर्षकको स्मार्ट घरेलु उत्पादनहरू इलेक्ट्रिक ओभन, कार्बन हिटर, हलोजन हीटर, पि.टि.सि. फ्यान हिटर, ओ.एफ.आर हीटर, वाटर डिस्पेन्सर, इलेक्ट्रिक गीजर, ग्यास गीजर, हट पट्स, इलेक्ट्रिक केटल, भ्याकुम फ्लास्क, पानीको बोतल र इन्सुलेटेड बोतल आदी नेपालभर उपलब्ध गराएको छ ।

जाडोमा चिसो पानीले नुहाउने समस्याबाट मुक्त हुन सीजीले विभिन्न आकर्षक मोडलमा थप विशेषता सहित बजारमा ग्यास र इलेक्ट्रिक नयाँ गिजरहरु बजारमा ल्याएको छ ।

त्यस्तै, हिटरमा पनि क्याटोगोरीमा जस्तै ओ.एफ.आर हिटर, पि.टि.सि.प्यान हिटर, हेलोजिन हिटर, क्वाज्ज हिटर, कार्बन हिटर र प्यान हिटर रहेका छन् । अब तपाईहरुले आफ्नो आबश्यकता अनुसार छानी छानी खरिद गर्न सक्नुहुनेछ । केहि समयमै पानी तताउन सी. जी. ले बिभिन्न मोडलमा इलेक्ट्रिक केटल, हट पट र वाटर बोइलर उपलब्ध गराएको छ । 

त्यसैगरी तातिएको पानीलाई लामो समय सम्म तातोपन कायम राख्न भ्याकुम फ्लास्क, थर्मसहरु आकर्षक मोडल र डिजाईनमा उपलब्ध गराएको छ ।

प्रमुख आकर्षणहरूमा मेगा एक्सचेन्ज अफर, शून्य प्रतिशत नो कष्ट ईएमआई सुविधा, सीजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम अन्तरगत लोयल्टी सदस्यले ललितपुरस्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउन सक्नेछन्, जुन नेपालभरका सबै सीजी ब्रान्ड अधिकृत आउटलेटहरूबाट प्राप्त गर्न सकिन्छ । थप जानकारी प्राप्त गर्नका लागि ग्राहकहरूले सीजी ब्राण्डको आधिकारिक वेबसाइट र यसका सामाजिक सञ्जालहरूमा जान सक्नेछन् ।

सीजी ब्राण्ड देशकै नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड हो । सीजी ब्राण्डले देशैभर रहेका आफ्नो बलियो बिक्री संजाल मार्फत आफ्ना उपभोक्ताहरुलाई सेवा सुविधाहरु दिंदै आएको छ । गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गदै, सीजी ब्राण्डले विगत लामो समय देखि नेपाली जनताको जीवनलाई सहज बनाउँदै आएको छ ।

हाल, सीजी ब्राण्डका नेपालभर आफ्नै शोरुमहरू मार्फत उत्कृष्ट उत्पादन र सेवा दिदै आाएको छ साथै भविश्यमा देशको हरेक कुनासम्म पुग्ने लक्ष्य पनि लिएको छ । नजिकै कुनै शोरूमहरू उपलब्ध नभए पनि आफ्नै इ–कमर्स प्लेटफर्मले सुसज्जित सीजी ब्राण्डका उत्पादन तथा सेवाहरू, जहाँबाट पनि लिन सकिन्छ ।

Skip This
Skip This
Logo