आज काठमाडौं उपत्यकाका केहि ठाउँमा विजुली नआउने

आज काठमाडौं उपत्यकाका केहि ठाउँमा विजुली नआउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणले मङ्गलबार काठमाडौँका विभिन्न स्थानमा लाइन काट्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्नु पर्ने भएकाले विद्युत् काटिन लागेको हो ।

प्राधिकरणको सूचनामा भनिएको छ, “महाराजगञ्ज वितरण केन्द्रको गणेशस्थान फिडरबाट वितरीत लाइन बूढानीलकण्ठ नगरपालिका–२ गणेशचोकको जीर्ण एच टी लाइनको पोल परिवर्तन गर्नुपर्ने भएकाले मङ्गलबार लाइन काटिनेछ ।”

प्राधिकरणका अनुसार मध्याह्न १२ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् काटिनेछ । उक्त फिडर अन्तर्गत घुम्ती, धापासी, च्यासिन्टोल, हात्तिगौंडा, बालुवाडीपो, हेपाली लगायतका क्षेत्रमा विद्युत् काटिनेछ । प्राधिकरणले ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै कार्य निर्धारित समयअगावै सम्पन्न भएमा सो समयभन्दा अगावै लाइन सञ्चालनमा आउने जनाएको छ ।

Logo