१५ वर्षमा अंगीकृत नागरिकता दिनुपर्ने मागदेखि नयाँ विधेयकले दुई देशको सम्बन्ध बिग्रने दाबीसम्म (भिडियोसहित)

१५ वर्षमा अंगीकृत नागरिकता दिनुपर्ने मागदेखि नयाँ विधेयकले दुई देशको सम्बन्ध बिग्रने दाबीसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशी मुलुकबाट नेपाली पुरुषसँग विवाह गरेर आउने महिलालाई १५ वर्ष स्थायी बसोबास गरेपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने बताएका छन् । उनले सोमबार केन्द्रबिन्दु अनलाइनसँग संक्षिप्त कुराकानी गर्दै सो कुरा बताएका हुन् । सांसद सुवालले आइतबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पनि विधेयकमा फरक मत राखेका थिए ।

त्यस्तैै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले कृषि क्षेत्रमा लगानी गर्न सरकारले नै स्पष्ट मोडालिटी बनाउनुपर्ने बताएका छन् । सोमबार केन्द्रबिन्दु अनलाइनसँग विशेष अन्तवार्ता दिँदै शाहले सो कुरा बताएका हुन् ।

बैंक, मेडिकल कलेज लगायतका सार्वजनिक संस्थाहरुलाई अख्तियारले निगरानी गर्ने व्यवस्थाको निजी क्षेत्रले विरोध गरेका छन् । उक्त व्यवस्थाले निजी क्षेत्रमाथि राज्यले संवैधानिक अङ्गमार्फत नियन्त्रण गर्न खोजेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।

त्यस्तैगरी तीन महिनादेखिको वित्तीय व्यवस्थापनमा समस्या आएको र निजी विद्यालयको आर्थिक समस्याप्रति सरकार मौन रहेकाले शुल्क लिन बाध्य भएको प्याब्सनका सह अध्यक्ष डिके ढुंगानाले बताएका छन् । सोमबार केन्द्रबिन्दु अनलाइनसँग विशेष अन्तवार्ता दिँदै सह अध्यक्ष ढुंगानाले सो कुरा बताएका हुन् ।

नागरिकता सम्बन्धी नयाँ विधेयकले नेपाल भारतबीचको रोटीबेटीको सम्बन्धमा असर पुग्ने जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले दाबी गरेका छन् । केन्द्रबिन्दु अनलाइनसँग विशेष अन्तवार्ता दिँदै सांसद महतोले विधेयकले दुई देशबीचको सम्बन्धमा असर पुग्ने दाबी गरेका हुन् । विवाह भएको केही समयमा वैवाहिक अंगीकृत नागरिकता दिँदा राष्ट्रियतामा कुनै असर नपर्ने उनको भनाइ छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo