काठमाडौं ।
बच्चाहरुको सुरक्षाका लागि प्रयोग हुने विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड ड्रिमबेबी अब नेपालका लागि एक मात्र आधिकारिक बितरक आइएमएस अन्तर्गत आइएमएस लिटिल स्माइल्स कम्पनीले ड्रिमबेबीका सामाग्रीहरु असार ३ गते नेपाल भित्र्याएको छ । संसारभरि सयौं देशहरूमा फैलिएको, ड्रीमबेबीका सामानहरू अब नेपालमा पनि उपलब्ध गरिनेछन् ।
ड्रिम बेबीका सामानहरू विशेष रूपमा बच्चाहरुको हेरचाह र सुरक्षालाई मध्यनजर गरी डिजाइन गरिएका छन् । ड्रीमबेबीको सामानहरुः गेट, छेक्सनी, पोटी तालिमका सामान र खुवाउने सामाग्रीहरु सामेल छन् ।
ड्रीमबेबीका सामानहरू सिटी सेन्टर, कमलपोखरीमा उपलब्ध हुनेछन् साथै अनलाइन डेलिभरीको लागि नेपालको एक मध्ये सबैभन्दा ठूलो अन्लाइन मेगास्टोर स्मार्टडोकोमा पनि उपलब्ध गराइनेछ । ग्राहकहरूलाई इन्ट्रोडक्टरी अफरको रूपमा ड्रीमबेबीका सामानहरूमा १० प्रतिशत छुट दिइनेछ । थप रूपमा, ग्राहकहरूले रु. ५००० वा पाँचहजार भन्दा बढीको सामान खरिद गरेमा डाक्टर ब्राउनको रु. ९८० मूल्यको ४ वटा पेसिफायर मध्ये शिशुको उमेर र मनपर्ने रङ्ग अनुसार एउटा पेसिफायर प्राप्त गर्न सकिनेछ ।
डक्टर ब्राउन अमेरिकाको उच्चस्तरीय बेबीबोतल ब्राण्ड हो । यस ब्राण्डको उत्पादनहरू बोतल, खुवाउने सामानदेखि लिएर पेसिफायर, सिप्पिकप र अन्य धेरै छन् । अफर असार २१ गते सम्म मात्र मान्यता हुनेछ ।































प्रतिक्रिया