आज सुनचाँदीको मूल्य बढ्याे

आज सुनचाँदीको मूल्य बढ्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य ५ सय रूपैयाँले बढेकाे छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ लाख १६ हजार ९ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ लाख १७ हजार ४ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।  

साथै तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १६ हजार ८ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे  छ। त्यसैगरी आज चाँदीको मूल्य १५ रूपैयाँले बढेकाे छ। आइतबार १ हजार ४ सय ८५ रूपैयाँमा कारोबार भएकाे चाँदी आज तोलामा १ हजार ५ सय रुपैयाँमा काराेवार भएको महासंघले जनाएको छ।  

Skip This
Skip This
Logo