इन्टरनेट तपाईंको औंलामा, क्यामरा तपाईंको खल्तीमा, र अब आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले सुधार्दै गरेको तपाईंको दैनिक जीवन । सामसङ ग्यालेक्सीले इन्टरनेटको पहुँचलाई सहज गरी क्यामरालाई सञ्चारको माध्यम बनाइदिएको छ जुन बिना हामी बाँच्नै नसक्ने भइसकेका छौैं । अहिले सबैको आँखा एआईमा केन्द्रित भएपनि यसको केही खास विशेषताहरु अझैसम्म मोबाइल प्रविधिमा आइसकेका छैनन् । ग्यालेक्सी त्यसलाई बदल्ने तयारीमा रहेकाे जनाएकाे छ ।
ग्यालेक्सी एआईमा दुई किसिमका एआई प्रविधि समावेश छ । सामसङद्वारा विकास गरिएको डिभाइस एआई र अरु समान विचारधाराका औद्योगीक अग्रणीहरुका साथ हाम्रो खुल्ला सहकार्यहरुबाट सक्षम गरिएका क्लाउडमा आधारित एआई, दुवैद्वारा संचालन हुने एक वृहत् मोबाइल एआई अनुभव हो । यसले ग्यालेक्सी सुरक्षा र गोपनीयतामा तपाईंले पाउने विश्वसनीयताका साथ तपाईंको हरेक दिनको मोबाइलसँगको अनुभवलाई परिवर्तन गरिदिनेछ ।
ग्यालेक्सी एआईको फाइदाहरु के कस्तो छ भनि हेर्दा हामीले यसको एउटा मुख्य विशेषता “फोन कल” लाई उदाहरणको रुपमा लिन सकिन्छ । एआई लाइभ ट्रान्सलेट कलले चाँडै नै प्रयोगकर्ताहरुलाई जति बेला आवश्यक पर्यो त्यति नै बेला आफ्नो पर्सनल ट्रान्सलेटर उपलब्ध गराउनेछ । किनभने यो ग्यालेक्सी डिभाइसकै कलसँग एकीकृत गरिएको छ, यसले गर्दा तेस्रो पक्षको एप चलाइरहन पर्ने झन्झट रहँदैन । अडियो र टेक्स्ट बोल्ने र लेख्ने समयमा नै अरु भाषामा अनुवाद भएर आउने छ । यो ग्यालेक्सी ए आइ डिभाइसमा नै भएको हुँदा, यसले तपाइको गोप्य वार्तालापहरु तपाईंको फोनमा नै सिमित रहनेछ ।
आउँदो वर्षको शुरुमा ग्यालेक्सी ए आइले हामीलाई एउटा त्यस्तो संसारमा ल्याउनेछ जहाँ सामाजिक सञ्चारका अवरोधहरु तोडिनेछन्, र सञ्चार पहिले भन्दा अझै सहज र अझ बढी रचनात्मक हुनेछ । यसरी एआईले हाम्रो जीवनमा ठूलो परिवर्तन ल्याउनेछ ।
“मोबाइल प्रविधिसंग विश्वभरका मानिसहरुका लागि सञ्चार, सिर्जनशीलता, उत्पादकत्व र थप सक्षम बनाउने अतुलनीय शक्ति छ, तर आजसम्म, हामीले मोबाइल ए आइलाई वास्तविक रुपमा अर्थपूर्ण तरिकाबाट उपयोग गरिएको देखेका छैनौं ।” इभिपि र अनुसन्धान तथा विकास प्रमुख, वाङजुङ चोइले भने, “ग्यालेक्सी ए आइ हाम्रो आजसम्मकै सबैभन्दा वृहत्तर इन्टेलिजेन्स हो जसले हाम्रो फोनको परिभाषा नै बदलिदिनेछ ।”































प्रतिक्रिया