बैङ्कहरूको कुल सम्पत्ति झन्डै ६४ खर्ब पुगेको छ। हाल सञ्चालनमा रहेका बैङ्कहरूले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय रिपोर्टले यस्तो देखाएको हो।
राष्ट्र बैङ्कका अनुसार बैङ्कहरूको सम्पत्तिको मूल्य वृद्धि, कतिपय बैङ्कहरूले खराब कर्जाको धितो सकार्नु लगायतले पनि वाणिज्य बैङ्कहरूको सम्पत्ति बढेको हो।
२० वटा बैङ्कहरूको कुल सम्पत्ति हाल ६३ खर्ब ८२ अर्ब ८ करोड ७१ लाख रुपैयाँ पुगेको छ। जुन गत आवको पहिलो त्रैमासको तुलनामा भने भने ११ प्रतिशत अर्थात् ६ खर्ब ३० अर्ब ८५ करोड ९७ लाख रुपैयाँले बढी हो।
सम्पत्तिका आधारमा सबैभन्दा धनी बैङ्क ग्लोबल आइएमई र नबिल बैङ्क देखिएका छन्। ग्लोबल आइएमईको कुल सम्पत्ति ५ खर्ब ४६ अर्ब २६ करोड ६२ लाख रुपैयाँ छ। साबिकको बैङ्क अफ काठमाण्डूलाई प्राप्ति गरेको बैङ्कमा १ खर्ब ९१ अर्ब ६१ करोड ३२ लाख रुपैयाँ बराबरको सम्पत्ति थपिएको हो।
समीक्षा अवधिमा नबिल बैङ्कको कुल सम्पत्ति ५ खर्ब २ अर्ब ७५ करोड ३१ लाख रुपैयाँ रहेको छ। गत आवको पहिलो त्रैमासको तुलनामा बैङ्कको सम्पत्ति १९.४० प्रतिशतले बढेको हो। तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा (एनआइएमबि) बैङ्कसँग ४ खर्ब ५३ अर्ब २७ करोड ८९ लाख रुपैयाँ बराबरको कुल सम्पत्ति छ। विशेष गरी मर्जरमा गएका बैङ्कहरूको सम्पत्ति वृद्धि भएको देखिन्छ।
हाल एनआइसी एशिया बैङ्कसँग ४ खर्ब २९ अर्ब ३७ करोड ८८ लाख, राष्ट्रिय वाणिज्य बैङ्कसँग ४ खर्ब ३ अर्ब ३६ करोड ७५ लाख, कुमारीसँग ३ खर्ब ९० अर्ब ७९ करोड १९ लाख, लक्ष्मी सनराइजसँग ३ खर्ब ५८ अर्ब ७३ करोड २५ लाख, हिमालयनसँग ३ खर्ब ४१ अर्ब ७१ करोड ९० लाख, प्रभुसँग खर्ब ३९ अर्ब ८१ करोड २० लाख र नेपाल बैङ्कसँग ३ खर्ब ५ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ कुल सम्पत्ति रहेको छ।
यता, नेपाल एसबिआईको कुल सम्पत्ति १ खर्ब ९४ अर्ब ८१ करोड ५३ लाख, माछापुच्छ्रे १ खर्ब ८७ अर्ब ५६ करोड ८२ लाख र स्ट्याण्डर्ड चार्टर्ड १ खर्ब ५२ अर्ब ५ करोड ५५ लाख रुपैयाँ छ।
यस्तै, सिद्धार्थ बैङ्कको कुल सम्पत्ति २ खर्ब ८३ अर्ब २ करोड, एनएमबिको २ खर्ब ७९ अर्ब १७ करोड ६६ लाख, कृषि विकासको २ खर्ब ७५ अर्ब ८९ करोड, एभरेष्टको २ खर्ब ५८ अर्ब ९४ करोड ७२ लाख, प्राइमको २ खर्ब ५० अर्ब ७२ करोड १८ लाख, सानिमाको २ खर्ब २४ अर्ब २ करोड ६५ लाख र सिटिजनको २ खर्ब ४ अर्ब २८ करोड ७२ लाख रुपैयाँ रहेको छ।































प्रतिक्रिया