शनिबार काठमाडौंको सोल्टी होटलमा एक्टिभ उमन अफ नेपाल (एवन)ले क्रिसमस विशेष एवन बजारको आयोजना गरेको छ । एवन बजारको रुपमा विगत चार दशकदेखि एवनले संचालन गर्दै आएको यो बजार एक किसिमको च्यारीटेबल सेलिब्रेसन पनि हो ।
विभिन्न क्षेत्रका प्रभावशाली महिलाहरुले आफ्नो रुचीका आधारमा गरेका काम र उत्पादनलाई विशेष प्राथमिकता दिइने एवन बजारबाट सङ्कलित रकम समाजसेवाका कार्यहरुमा खर्चिने छ । टर्किस एयरलाइन्स, नेपाल एयरलाइन्स, डाबर नेपाल, काल्र्सवर्ग तथा रुपिज इन्टरनेसनल स्कुल प्रायोजक रहेको एवन बजारको उद्घाटन अमेरिकी राजदूत पत्नी जेन क्रिल थोम्पसनले गरेकी थिइन् । उनी एवनकी अनररी प्रेसिडेन्टसमेत हुन्।
“देशको जुनसुकै आवश्यकतामा एवन सक्रिय भएर लाग्ने गरेको छ। हालै जाजरकोटमा गएको विनासकारी भूकम्पमा समेत एवनले सक्रियता पूर्वक राहत सामग्री संकलन तथा वितरणका लागि काम गरिरहेका छौं।”
एवनले आफ्ना सहयोगीहरू निरन्तर अगाडि बढाउँदै आएको छ । भूकम्प होस् या कोभिड एवन अहोरात्र खटिँदै आएको छ भने विभिन्न क्षेत्रमा गएर संस्थाले सकेको सहयोग निरन्तर गर्दै आएको छ । एवनकी अध्यक्ष बाबा सरकार श्रेष्ठ भन्छिन्- “देशको जुनसुकै आवश्यकतामा एवन सक्रिय भएर लाग्ने गरेको छ। हालै जाजरकोटमा गएको विनासकारी भूकम्पमा समेत एवनले सक्रियता पूर्वक राहत सामग्री संकलन तथा वितरणका लागि काम गरिरहेका छौं।”
उनले थपिन्, “हामीले सयौं छात्रवृत्ति, ग्रामीण महिलालाई सेनिटरी प्याड वितरण, वृद्धाश्रम तथा बालगृहलाई सहयोग गर्ने लगायतका कार्यहरु गर्दै आएका छौं।”
त्यस्तै, एवनकी बोर्ड सदस्य एवं महिला सिर्जनशील संस्थाकी अध्यक्ष मिलु थापाले भनिन्- “हामीले बजारमा विशेषगरी नेपाली उत्पादनलाई प्राथमिकतामा राखेका छौँ,जसमा स्थानीय तथा, हस्तकलाका सामाग्रीहरु बढी छन् । हामी अहिले विशेषगरी जाजरकोटका भूकम्प पीडितको सहयोगार्थ जुटिरहेका छौँ ।”
एवन बजारमा जाजरकोट भूकम्प पीडितको राहत सङ्कलनका लागि फेडेरेसन अफ उमन एन्टरप्रेनर्स एशाेसिएशन अफ नेपाल र जोन्टा क्लबसँगको सहकार्यमा राहत संकलन गर्ने ठाउँ समेत छुट्याइएको थियो ।
प्रवेश निःशुल्क रहेको बजार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । एक सय भन्दा बढी स्टल रहेको बजारमा घरेलु, स्थानीय उत्पादन, हस्तकलाका सामाग्री, फेसनवेयर, ट्राभल लगायतका स्टलहरु राखिएका थिए । बजारमा रुपिज् इन्टरनेशनल स्कूलले बालबालिकाका लागि आकर्षक खेलहरुको पनि व्यवस्था गरेको थियो ।
यस्तै, एवन बजारमा जाजरकोट भूकम्प पीडितको राहत सङ्कलनका लागि फेडेरेसन अफ उमन एन्टरप्रेनर्स एशाेसिएशन अफ नेपाल र जोन्टा क्लबसँगको सहकार्यमा राहत संकलन गर्ने ठाउँ समेत छुट्याइएको थियो ।
७५ वर्ष अगाडि अमेरिकन दूतावासमा कार्यरत महिला तथा विशेषज्ञहरूले सञ्चालनमा ल्याएको एक्टिभ उमन अफ नेपाल देशकै पुरानो परोपकारी संस्था मध्ये एक हो । जुन समयसँगै अमेरिकन दूतावासमा सिमित नभएर नेपालमा बसोबास गर्ने एक्स्प्याट र नेपाली एक्टिभ उमनको साझा संस्था बन्न पुगेको छ ।































प्रतिक्रिया