एक जिम्मेवार कर्पोरेट संस्थाको रूपमा, ह्वावेले सञ्चार तथा सूचना प्रविधिमन्त्रालय र डिजिटल एम्पावरमेन्ट सोसाइटीसँग मिलेर जाजरकोट र रुकुमका भूकम्प पीडितहरूलाई राहत सामग्रीको रूपमा पाल, कम्बल, स्लीपिङ झोला जस्ता आवश्यक सामग्रीहरू उपलब्ध गराएको छ।
ह्वावे नेपालका सीईओ ह्वाङ जुन, पीआर निर्देशक झाङ लिआङ र डिजिटल एम्पावरमेन्ट सोसाइटीको उपस्थितिमा मन्त्रालयको कार्यालय सिंहदरबारमा मन्त्री रेखा शर्मालाई राहत सामग्री हस्तान्तरण गरिएको हो।
ह्वावेले यी राहत सामग्रीहरू विपद्बाट प्रभावितहरूलाई तत्काल सहायता र सान्त्वनाप्रदानगर्न, उनीहरूको आधारभूत आवश्यकताहरू सम्बोधन गर्न र चुनौतीपूर्ण समयमा केही राहत प्रदान गर्न महत्त्वपूर्ण रहेको विश्वास लिएको छ।
ह्वावे नेपालले संकटको समयमा सञ्चारको महत्वपूर्ण भूमिका बुझेको छ। भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार साइटहरू कायम राख्न २४/७ नेटवर्क सेवा प्रदान गर्न ह्वावे समर्पित रहेको बताएको छ। ह्वावेले तुरुन्त भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार सेवालाई निरन्तर सुचारु अवस्थामा राख्न आफ्नो प्राविधिक टिमलाई स्ट्यान्डबाइ राखेको जनाएको छ।
राहत सामग्री हस्तान्तरणपछि ह्वावे नेपालका सीईओ ह्वाङ जुनले भने, ‘म प्रभावित क्षेत्रका दिवंगत आत्माहरूप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छु र सञ्चार पूर्वाधारहरू सञ्चालनमा रहन, उद्धार र राहतको समन्वयलाई सहज बनाउन ह्वावे नेपालबाट निरन्तर सहयोगको आश्वासनदिन चाहन्छु। हामी नेपालका लागि नेपालमा छौँ।’
ह्वावेले प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रहरूमा तत्काल राहत सामग्री उपलब्ध गराउन सधैं अग्रगामी भूमिका खेलेको छ। सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, ‘हामी नेपालको दूरसञ्चार क्षेत्रमाहुवावेले गरेको योगदानको कदर गर्छौं र यस विनाशकारी अवधिमा गरेकाप्रयासहरूको कदर गर्छौं।’
नेपालको जाजरकोटमा राहत कार्यमा सहयोग गर्ने ह्वावेको प्रतिबद्धता कम्पनीको मूल्य,मान्यता र यसले सेवागर्ने समुदायहरूमा सकारात्मक प्रभाव पार्ने समर्पणको प्रमाण हो। ह्वावेले यस कठिन समयमा नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको र पुनःनिर्माणको लागि सहयोग प्रदान गर्न प्रतिबद्ध रहेको स्पष्ट गरेको छ।
साथै ह्वावेले प्राविधिक सहयोग, पूर्वाधार मर्मत सम्भार र प्रत्यक्ष राहत प्रयासहरूसहित एक जिम्मेवार कर्पोरेट र भूकम्पपछिको राहत तथा उद्धारको अभियानमा नेपालको भरपर्दो साझेदार बन्ने प्रतिबद्धता व्यक्त गरको छ।































प्रतिक्रिया