देशकै एक अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्ट्स लिमिटेडले हेटौंडा–१७, हटिया मकवानपुरस्थित लक्ष्मी आधारभुत विद्यालयलाई स्कुल बस तथा भरतपुर–१५, मंगलपुर चितवनस्थित विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि स्कुल व्याग वितरण गरेको छ ।
शिवम् सिमेन्ट्सले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त स्कुल बस तथा स्कुल व्यागहरु वितरण गरेको जनाएको छ । कम्पनीले उद्योग तथा खानी क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई विगतका वर्षहरुमा पनि विभिन्न शैक्षिक सामाग्रीहरुको वितरण, छात्रबृत्ती कोषको स्थापना तथा न्यानो कपडाहरु वितरण जस्ता कार्यहरु गर्दै आईरहेको छ।
‘विगतका दिनहरुमा पनि हामीले उद्योग संचालित क्षेत्रका विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण, शैक्षिक छात्रबृत्तीहरु स्थापना तथा न्यानो कपडाहरु वितरण जस्ता कार्यहरु गर्दै आईरहेका थियौँ यसै सिलशिलामा यसपटक हामीले लक्ष्मी आधारभुत विद्यालयलाई स्कुल बस तथा विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पठनपाठन गर्न थप हौसला मिलोस् भन्ने अभिप्रायले स्कुलव्यागहरु वितरण गरेका छौं’ कम्पनी प्रतिनिधी बताँउछन्।
क्वालिटीकोको मामलामा गुणस्तरीय उत्पादन तथा बिक्री वितरण गर्दै, देशको विभिन्न ठुला–ठुला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपुर्ण भूमिका निभाउँदै आएको शिवम् सिमेन्टले सिमेन्ट जगतमै पहिलो पटक नापतौल तथा गुणस्तर विभागबाट प्रदान गरिने एनएस क्वालिटी अवार्ड-२०१९ बाट पुरस्कृत हुन सफल भएको छ।
ओपीसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट गुणस्तरीय एवम् उत्कृष्ट उत्पादन हो। गुणस्तर चिन्ह प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ।
































प्रतिक्रिया