आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालयअन्तर्गत शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम प्रदान गरेको छ।
टिकापुरमा सम्पन्न तालिममा सम्पत्ति शुद्धीकरणको कानूनी संरचना, परिभाषा, सम्पत्ति शुद्धीकरण निवारण नीति, एएमटी/सिएफटीका महत्व र लक्ष्यहरु, मनि लाउन्डरिङका घटनाहरु, सम्पत्ति शुद्धीकरणको लक्ष्यहरु, नेपाली जीवन बीमा क्षेत्रमा सम्भावित मनि लाउन्डरिङका घटनाहरु, विभिन्न विधिबाट रेकर्ड र रिपोर्टिङको पहिचान, एकल बीमाशुल्क, वित्तीय जोखिमाकंन, खास कारोबारमा विशेष ध्यान दिनुपर्ने, जोखिम वर्गिकराण, वित्तीय जोखिमाकंनको चरण, कम्पनीको भूमिका कारवाही तथा सजाय लगायतका विभिन्न विषयमा विस्तृत जानकारी दिइएको थियो।
कम्पनीको केन्द्रीय कार्यालयका विभागिय प्रमुखहरुको उपस्थितिमा उक्त तालिम सञ्चालन गरिएको थियो।































प्रतिक्रिया