साेमबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ। नेपाली बजारमा आज सुनको मूल्य ८ सय रूपैयाँले बढेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ लाख २० हजार ८ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ लाख २१ हजार ६ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।
साथै तेजाबी सुनको मूल्य आज तोलामा १ लाख २१ हजार रूपैयाँमा काराेवार भइरहेकाे छ। त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ। आइतबार १ हजार ५ सय ४५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज पनि साही मूल्यमा काराेवार भइरहेकाे छ।































प्रतिक्रिया