सेयर बिक्रीबारे एनसेलले प्राधिकरणलाई फर्कायो जवाफ

सेयर बिक्रीबारे एनसेलले प्राधिकरणलाई फर्कायो जवाफ

केन्द्रबिन्दु
0
Shares

निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेल आजियाटा लिमिटेडले आफ्नो सेयर बिक्रीको विषयमा नेपाल दूरसञ्चार प्राधिकरणलाई जवाफ पठाएको छ। एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा प्राधिकरणले सोधेको प्रश्नको जवाफ एनसेलले आज पठाएकाे हाे। आजियाटाले आफ्नो सेयर बिक्री गर्दै नेपालबाट बाहिरिने घोषणा गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको थियो।

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ । तर, प्राधिकरणलाई कुनै जानकारी नदिई एनसेलको विदेशी लगानीकर्ताले नेपालबाट बाहिरिएको घोषणा गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको थियो।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलबाट पत्र आएको र आफूहरूले अध्ययन र छलफल गरिरहेको बताएका छन्। एनसेलले पठाएको जवाफमा के छ भन्ने कुरा अहिले सार्वजनिक भइसकेको छैन।

Skip This
Skip This
Logo