विश्व चर्चित ब्राण्ड शाओमीको रेड्मी सिरिजले नेपाली बजारमा निकै सफलता पाएको छ । रेड्मी सस्तो मूल्यमा उच्च गुणस्तरको स्मार्टफोनका लागि परिचित छ । रेड्मी १२सी ले नेपाली स्मार्टफोन बजारलाई अर्को तहमा पु-याउन सफल भएको छ ।
यस स्मार्टफोनले धेरै उत्कृष्ट सुविधाहरूका साथमा प्रयोगकर्ताहरुलाई प्रिमियम अनुभव प्रदान गरेको छ । रेड्मी १२सी को३ जीबी +३२ जीबी भेरियन्टको प्रारम्भिक मूल्य मात्र रु. १३,४९९ रहेको छ । थप स्टोरेज चाहने ग्राहकहरुको लागि ४ जीबी + ६४ जीबी भेरियन्ट मात्र रु १४,४९९. र ६ जीबी +१२८ जीबी भेरियन्ट मात्र रु. १६,९९९ मा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
रेड्मी १२सी कोबेस भेरियन्टमा नै ग्राहकहरूले एकै साथ धेरै एपहरू बिना कुनै ल्याग, सहज मल्टिटास्किब गर्न सक्नेछन् । साथै ६ जीबी+१२८ जीबी को भेरियन्टले एप्स, फोटो, भिडियोहरू र अन्य डेटा भण्डारण गर्न पर्याप्त स्पेस प्रदान गर्दछ ।
मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा संचालित रेड्मी १२ सी ले गेमिब, इमेजिब र दैनिकप्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ । रेड्मी १२सी मा ५० एमपी डुअल रियर क्यामेरा जडान गरिएको छ जसले धेरै डिटेल्सका साथ फोटो खिच्न सक्दछ र यसले प्रयोगकर्ताहरूले जस्तोसुकै प्रकाशमा पनि राम्रो फोटो खिच्न सक्नेछन् ।
मल्टिमिडिया अनुभवलाई चुस्त बनाउनको लागि यो फोनमा ठूलो ५,००० यमएच ब्याट्रीको साथमा ठूलो ६.७१” एचडी+ डिस्प्ले रहेको छ । रेड्मी १२सी मा भ्यालुर पर्फर्मेन्सको उत्कृष्ट कम्बीनेसन देख्न पाइन्छ । शक्तिशाली प्रोसेसर, प्रभावशाली डिस्प्ले, लब ब्याट्री लाइफ, उत्कृष्ट डिजाइन र क्यामेरा सिस्टमको साथ रेड्मी १२सी ले ग्राहकलाई यस प्राइस रेन्जमा अपेक्षा गरेको भन्दा पनि धेरै प्रदान गर्ने कम्पनीको विश्वास छ ।































प्रतिक्रिया