नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने तयारी गरेको छ। उक्त समीक्षा स्वीकृतिका निम्ति सञ्चालक समितिको बैठक जारी छ।
राष्ट्र बैंक स्रोतका अनुसार गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा रहेको व्यवस्थापन समितिले हिजो दिउँसो समीक्षा पारित गरिसकेको छ। सञ्चालक समितिको बैठकबाट पारितपछि आजै पहिलो त्रैमासिकको समीक्षा सार्वजनिक गर्ने तयारी छ।
विगतमा राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा कात्तिक मसान्तभित्र सार्वजनिक गर्ने गरेको थियो। यो वर्ष करिब एक महिना ढिलो भइसकेको छ।
बैंकको व्याजदर घट्दो क्रममा रहेकाले राष्ट्र बैंकले मुद्रा प्रदाय बढाउने रणनीतिभन्दा पनि नियामकीय प्रावधानले अप्ठेरो पारेको क्षेत्रहरुलाई सरलीकरण गर्न लागेको बताइएको छ।





























प्रतिक्रिया