भूकम्प प्रभावित परिवारलाई २५ लाखसम्मको आवासीय घर कर्जा दिने, बेस रेट २ प्रतिशतमात्रै

भूकम्प प्रभावित परिवारलाई २५ लाखसम्मको आवासीय घर कर्जा दिने, बेस रेट २ प्रतिशतमात्रै

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैङ्कले जाजरकोट लगायतका जिल्लाका भूकम्प प्रभावित परिवारलाई २५ लाख रुपैयाँसम्मको आवासीय घर कर्जा उपलब्ध गराउने आर्थिक प्याकेज ल्याएको छ । 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो मौद्रिक नीति समीक्षा सार्वजनिक गर्दै यस्तो प्याकेज ल्याएको हो । २०८० कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरूको पुनर्निर्माणका लागि नेपाल सरकार वा नेपाल सरकारले तोकेका निकायले भूकम्प प्रभावितको रूपमा सूचीकरण गरेका परिवारलाई बैङ्क तथा वित्तीय संस्थाले २५ लाख रुपैयाँसम्मको आवासीय घर कर्जा उपलब्ध गराउने छ । यसरी आवासीय घर कर्जा दिंदा आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम थप गर्न नपाउने व्यवस्था गरिने छ समीक्षामा उल्लेख छ ।
 

Skip This
Skip This
Logo