यस्ताे छ आज फलफूल तथा तरकारीकाे मूल्य

यस्ताे छ आज फलफूल तथा तरकारीकाे मूल्य

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले  आजका लागि तय गरेको तरकारीको मूल्यअनुसार सुकेको प्याजप्रतिकेजी न्यूनतम मूल्य नै १ सय ३५ रुपैयाँ पुगेको छ। 

समितिद्वारा निर्धारित बजार मूल्य अनुसार आज भारतीय बजारको तुलनामा नेपाली गोलभेँडा ३० रुपैयाँ सस्तो छ। मंगलबार भारतीय ठूलो गोलभेँडाको प्रतिकेजी न्यूनतम मूल्य ८० रुपैयाँ निर्धारण हुँदा नेपाली ठूलो गोलभेँडा प्रतिकेजी ५० रुपैयाँ तोकिएको छ। 

यस्तै, समितिले सानो गोलभेँडा लोकल १५ रुपैयाँ, रातो आलु ४५ रुपैयाँ,सेतो आलु ३५ रुपैयाँ,गाजर प्रतिकेजी ४०,बन्दा लोकल ३०, स्थानीय काउली १५,मूला रातो २०,सेतो लोकल मूला १०,भन्टा लाम्चो २०,मकै बोडी५०, मटरकोशा ८०,घिउ सिमी लोकल ५०,राजमा सिमी १२०,लौका ५०,परवल लोकल ६०,घिरौला ६०, फर्सी पाकेको ३०,हरियो फर्सी लाम्चो२५ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ। 

रायो साग २५,पालुंगो ११०,चमसुर ११०,तोरी ३०, हरियो प्याज ७०,च्याउ कन्य १५०, डल्ले च्याउ ३२०,कुरीलो ६००, ब्रोकाउली ३० रुपैयाँ तोकिएको छ।  फलफूलमा आज फूजी स्याउ ३२० रुपैयाँ न्यूनतम मूल्यमा बजारमा पाइने छ। यस्तै,केरा १४०,कागती १२०,अनार ३५०,कालो अंगुर २५०,सुन्तला नेपाली १००,मौसम १४०,जुनार २४०, आभोकाडो २०० र किवि २०० रुपैयाँ तोकिएको छ। 

Skip This
Skip This
Logo