होन्डाले ल्याउँदै डियो स्कुटर अब स्मार्ट भेरिएन्टमा

होन्डाले ल्याउँदै डियो स्कुटर अब स्मार्ट भेरिएन्टमा


नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नेपाली बजारमा लोकप्रिय रहेको डियो स्कुटर अब स्मार्ट भेरिएन्टमा ल्याउने भएको छ। होन्डा डियो पहिले देखि नै नेपाली बजारमा रुचाइएको स्कुटर भएकाले कम्पनीले याे स्कुटर ल्याउन लागेकाे हाे। 

नयाँ स्मार्ट डियोको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ। पहिले बुकिङ गर्ने १०० जनालाई यो मूल्यमा स्कुटर उपलब्ध हुने गरी यसको सुरुवाती मूल्य तोकिएको कम्पनीको भनाइ छ।

यस स्कुटरमा विभिन्न स्मार्ट फिचर उपलब्ध छन्। यसमा साइलेन्ट स्टार्टको सुविधा छ। साइलेन्ट स्टार्टमा भएको इको–फ्रेन्ड्ली एसीजी स्टार्टरका कारण स्टार्ट गर्दा कर्कश आवाज आउदैन।

त्यसैगरी स्मार्ट फाइन्ड, स्मार्ट लक र स्मार्ट स्टार्टका लागि स्मार्ट की उपलब्ध छ । त्यसैगरी केही समय रोक्दा इन्धन बचतका लागि आइडल स्टप सिस्टम छ।

यसमा भएको नयाँ इन्टेलिजेन्ट मिटरबाट स्कुटरको रियल टाइम र एभरेज माइलेज मापन गर्न सकिन्छ। अनि पीजीएम–एफआई सिस्टमका कारण थोरै इन्धन खर्च गरी धेरै माइलेज दिन सघाउँछ।

यसमा साइड स्ट्यान्ड इन्जिन कटअफ स्विच छ। यदि साइड स्ट्यान्ड लगाएकै अवस्थामा छ भने इन्जिनले काम गर्दैन र सुरक्षित हुन्छ। त्यसैगरी यसमा भएको पावरफुल मफलर साउन्डका कारण स्कुटरको फरक पहिचान कायम हुन्छ ।

Logo