अमेरिकी आउटडोर ब्राण्ड ‘कोलम्विया’ को नयाँ शाखा सोलुखुम्बुको नाम्चे बजारमा सञ्चालनमा आएको छ । नाम्चेमा सञ्चालनमा आएको तेस्रो शाखा हो । यसअघि राजधानीको पर्यटककीय क्षेत्र ठमेलमा पहिलो र पोखरामा दोस्रो शाखा सञ्चालनमा आएको थियो ।
नाम्चेमा सञ्चालनमा आएको ‘कोलम्विया’ ब्राण्डको शोरुमको पहिलो खुम्बु आईसफल डा. लाक्पा गेलु शेर्पाले उद्घाटन गरेका थिए ।
हिमालयन आउटडोर प्रा.लि कोलम्विया ब्रान्डको नेपालको आधिकारिक बिक्रेता हो । पदयात्री र हिमाल आरोहणीहरुलाई लक्षित गरेर नाम्चे शाखा सञ्चालनमा ल्याएको कम्पनीकी प्रबन्ध निर्देशक दिकिला शेर्पा लामाले बताइन् । “दोस्रो शाखा पोखरामा सञ्चालनमा ल्याएसँगै तेस्रो शाखा तयारी गरिरहेका थियौँ । त्यस बेला हाम्रो ध्यान नाम्चेमा गयो । किनभने नाम्चे सगरमाथाको मुख्यद्धार पनि हो । अर्काेतर्फ, नेपालको ‘टुरिस्ट हव’ पनि हो । पदयात्री, हिमाल आरोहणीहरुलाई लक्षित गरेर नाम्चे शाखा सञ्चालनमा ल्याएका हौँ,” उनले भनिन् ।
हिमाल आरोहण र अत्याधिक चिसो ठाउँमा आवश्यक पर्ने कपडा तथा सामग्री सहजै उपलब्ध गराउने उद्देश्यले नाम्चे शाखा सञ्चालनमा ल्याएको शेर्पाले बताइन् । कोलम्वियाको पहिलो शाखा सन् २०१७ मा ठमेल र दोस्रो शाखा सन् २०१८ मा पोखरामा सञ्चालनमा आएको थियो































प्रतिक्रिया