उजय शाक्य प्रतिष्ठित ‘इसीआई इनोभेटिभ अफ मार्केटर दि इयर २०२३’बाट सम्मानित

उजय शाक्य प्रतिष्ठित ‘इसीआई इनोभेटिभ अफ मार्केटर दि इयर २०२३’बाट सम्मानित

केन्द्रबिन्दु
0
Shares

उजय शाक्य प्रतिष्ठित ‘इसीआई इनोभेटिभ अफ मार्केटर दि इयर २०२३’ बाट सम्मानित भएका छन्। डिसेम्बर ७ मा इसीआई फेस्टिभलले आयोजना गरेको गाला इभेन्टमा उनलाई यो अवार्ड प्रदान गरिएको हाे ।

चीनको ‘वीजी’ मा सम्पन्न उक्त कार्यक्रममा दक्षिण एसियाको एक अभियन्ताको रूपमा आफ्नो परिचय बनाइसकेका उनलाई यस क्षेत्रमा विज्ञापन र बजारीकरणको लागि उनले दिएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको हो। 

उनले इसीआई फेष्टिभलमा आफ्नो धारणा राख्दै डेटाद्वारा संचालित संसारमा मानवीय भावनाको दिगो महत्वमाथि चर्चा गरे। कार्यपद्धतिहरुको प्रभाव बढ्दै गएको संसारमा, डेटाद्वारा संचालित वृतान्तहरुको प्रतिध्वनिमा शाक्यको जोड विश्वव्यापी प्रभाव सिर्जना गर्ने उद्देश्य र मूल्य मान्यताहरूमा रहेको छ।

शाक्यलाई प्रदान गरिएको ‘इसीआई इनोभेटिभ अफ मार्केटर द एयर २०२३’ सम्मानले विज्ञापन र बजारीकरणको परिदृश्य सकारात्मक परिवर्तन ल्याउने एक अभियन्ताको रूपमा उनको स्थान कायम गरिदिएको छ।

इसीआई फेष्टिभलमा विश्वका १३ राष्ट्रहरुको प्रतिनिधिहरु भेलाभएर ‘ग्लोबल सस्टेनेबल इनोभेसन एण्ड सिविलाइजेसन डेभलपमेन्ट इनिटिएटिभ’ विषयमाथि छलफल गरेका थिए। यो पहलको उद्देश्य सभ्यताको भविष्यको सशक्तिकरणमा डिजिटलाइजेसनको प्रयोग गरेर दिगो विकास वातावरण प्रणालीको निर्माण गर्नु रहेको थियो।

Skip This
Skip This
Logo