यस्ताे छ आज तरकारी तथा फलफूलको मूल्य

यस्ताे छ आज तरकारी तथा फलफूलको मूल्य

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि  तय गरेको तरकारीको मूल्य अनुसार सुकेको प्याज प्रतिकेजी न्यूनतम मूल्य नै १ सय ४५ रुपैयाँ पुगेको छ। 

मंगलबार प्याज १ सय ३५ रुपैयाँ प्रतिकेजीमा कारोबार भएको थियो। समितिद्वारा निर्धारित बजार मूल्य अनुसार आज नेपाली ठूलोगोलभेडा प्रतिकेजी न्यूनतम मूल्य ४५ रुपैयाँ पुगेको छ। मंगलबारको तुलनामा आज १० रुपैयाँ मूल्य बढेको छ। 

यस्तै, समितिले सानो गोलभेँडा लोकल १५ रुपैयाँ, रातो आलु ३६ रुपैयाँ,सेतो आलु ३० रुपैयाँ,गाजर प्रतिकेजी ४०,बन्दा लोकल ३०, स्थानीय काउली २०,मूला रातो १५,सेतो लोकल मूला ८,भन्टा लाम्चो ४०,मकै बोडी६०, मटरकोशा ११०,घिउ सिमी लोकल ८०,राजमा सिमी १२०,लौका ५०,परवल लोकल ८०,भिण्डी ९०, फर्सी पाकेको ३०,हरियो फर्सी लाम्चो४० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ।

बिहीबार रायोको साग २५,पालुंगो ११०,चमसुर ११०,तोरी ३०, हरियो प्याज ९०,च्याउ कन्य १६०, डल्ले च्याउ ३००,कुरीलो ६००, ब्रोकाउली ४० रुपैयाँ तोकिएको छ। फलफूलमा आज फूजी स्याउ ३२० रुपैयाँ न्यूनतम मूल्यमा बजारमा पाइने छ। यस्तै,केरा १४०,कागती १२०,अनार ३५०,कालो अंगुर २५०,सुन्तला नेपाली १००,मौसम १४०,जुनार २४०, आभोकाडो २०० र किवि २०० रुपैयाँ तोकिएको छ ।

Logo