प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको ८० प्रतिशत सेयर खरिद-बिक्रीका विषयमा सरकार गम्भीर रहेको बताएका छन्।
मंगलबारको राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले एनसेलको सेयर मूल्यांकन न्यून भएको र कल छलीको समाचार आएपछि चासो लागेको बताएका हुन्।
“प्रतिवेदन प्राप्त भएपछि सरकारले नियमन, विदेशी लगानी र मुद्रा सटही तथा करको विषयमा आवश्यक कदम चाल्नेछ,” उनले भने। एनसेलको सेयर खरिद-बिक्रीमा शंका लागेकोले छानबिन गरिएको प्रधानमन्त्रीले बताए। दोषी भए कारबाही हुने बताए।
समितिले विदेशी लगानीमा पर्ने असर, राजस्वमा पर्ने असर लगायतका विषयमा ३० दिनभित्र अध्ययन गरेर सुझाव तथा रायसहितको प्रतिवेदन दिन भनिएको प्रधानमन्त्री प्रचण्डले बताए।































प्रतिक्रिया