१६औँ योजना निर्माण अन्तिम चरणमा पुग्याे, अघिल्लाेभन्दा फरक हुन्छः उपाध्यक्ष श्रेष्ठ

१६औँ योजना निर्माण अन्तिम चरणमा पुग्याे, अघिल्लाेभन्दा फरक हुन्छः उपाध्यक्ष श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय योजना आयोगले १६औँ योजना निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । 

बिहीबार पत्रकार सम्मेलन गरी आयोगले पन्ध्रौँ योजनाको कार्यविवरणबारे जानकारी गराउँदै १६ औँ योजना निर्माणको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले १६औँ योजना निर्माणको कार्य अन्तिम चरणमा पुगेको भन्दै अघिल्ला योजना भन्दा फरक गर्ने प्रयास गरिएको बताए । 

माघ मसान्तभित्रै १६ औँ योजना निर्माण कार्य सम्पन्न हुने उनको भनाई छ । ‘अहिले हामी पन्ध्रौं योजनाको अन्तिम वर्ष रनिङ भएकोले सोह्रौँ योजना तर्जुमा गर्नमा लागेका छौं । यो कार्यलाई घनिभूत रुपपमा अघि बढाएका छौँ ।’ उपाध्यक्ष श्रेष्ठले भने, ‘यो अगाडिका योजना भन्दा विभिन्न दृष्टिकोणबाट १६ औँ योजना फरक बनाउन खोजेका छौँ । खासगरी समयकै हिसावले पनि धेरै समय नलगाएर माघ मसान्तभित्रै हामीले सक्दै छौँ ।’

संघीयतामा प्रदेश संरचना महंगो भएको र खारेजी गर्नुपर्ने आवाज उठेकोप्रति आयोगको धारणा कस्तो हो भन्ने प्रश्नमा उपाध्यक्ष श्रेष्ठले प्रदेश खारेजीबारे निणर्य गर्नेभन्दा त्यसलाई बलियो बनाउनुपर्ने बताए । संघले कानून निर्माण लगायतका कुरामा प्रदेशलाई सहयोग नगर्दा प्रदेशप्रति वितृष्णा पैदा भएको उनको धारणा छ । 

‘क्षेत्रीय सन्तुलन भएन भनेरै प्रदेश संरचना बनाइएको हो । वित्तीय र प्रशासनिक संघीयता भयो भने सन्तुलित विकास हुन्छ भन्ने हिसाबले प्रदेश बनाइएको हो,फेरि ब्याक हुँदाखेरी हामी कतै पुग्दैनौँ । बरु अहिलेको प्रदेश संरचनालाई कसरी बलियो गर्न सकिन्छ सोच्ने कुरा हो ।’ श्रेष्ठले भने, ‘जस्तो अहिले प्रदेशले काम गरेनन् भन्ने छ, किन गरेनन त त्यहाँ निर प्रश्न छ। कानून बनाएदिएको छैन, जनशक्ति दिएको छैन,बजेट निर्माण गर्दा ४० प्रतिशत तल जानुपर्छ भन्ने सोभ बनाएका थियौं अहिले २८,२९ प्रतिशत भन्दा गएको छैन । यो बजेट मात्रै दिएर हुने कुरा पनि होइन, जति बजेट दिएको छ,त्यो पनि प्रदेशले खर्च गर्न सकेको छैन । यो हामीले संघबाट मिलाउन नसकेको कारणले भएको हो । 

संघको गल्तीको भारी प्रदेशलाई बोकाउन नहुने उनको भनाई छ । उनले भने ‘संघले गरेको गल्ती प्रदेशलाई दिने यो उहाँहरुप्रति अन्याय हुन्छ । संघमा भन्दा सात प्रदेशमा रानीतिक अस्थिरता बढी देखिएकोले त्यसले अवरोध सिर्जना गरेको हो । यो प्रदेशको दोष भएन राजनीतिक अस्थिरताको हो ।’

१६औँ योजना निर्माणको लागि आयोगले अध्ययन गरी तयार गरेको सुरुको जिरो ड्राफ्ट,कन्सल्टेसनको चरणमा भए गरिएका कार्यहरुको बारेमा आयोगका सहसचिव एवं प्रवक्ता यामलाल भुसालले जानकारी दिए । 

यस्तै, सरकारको नीति तथा कार्यक्रम समयावधि परिमार्जन गर्ने तयारी आयोगले गरेको छ। 

Skip This
Skip This
Logo