सुनैना घिमिरे पाण्डेलाई ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३ ’ प्रदान

सुनैना घिमिरे पाण्डेलाई ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३ ’ प्रदान

केन्द्रबिन्दु
21
Shares

वुमन आइकन आइसिटी अवार्ड २०२३ सुनैना घिमिरे पाण्डेलाई प्रदान गरिएको छ।

शुक्रबार द सोल्टी काठमाडौँमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभको ग्राण्ड फिनाले कार्यक्रममा पाण्डेलाई एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३ प्रदान गरिएको हो।

नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियाशिल रहेर उल्लेख्य योगदान पुर्याएका महिलालाई यो अवार्ड प्रदान गरिन्छ। उक्त अवार्ड यो वर्ष सूचना प्रविधि क्षेत्रमा लामो समयदेखि काम गरिरहेकी पाण्डेले प्राप्त गरेकी हुन्। 

उनलाई ३ लाख रूपैयाँ नगद प्रदान गरिएको छ। सूचना प्रविधिको क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव बटुलेकी उनले क्यान महासंघमा सचिव, महासचिव र पहिलो महिला उपाध्यक्ष भएर समेत काम गरिसकेकी छन्। 

विन्डोज एक्सपीको नेपाली भर्सनमा काम गर्नुका साथै आईसीटी बिलको ड्राफ्टमा पनि सघाएकी उनले राष्ट्रिय आईसीटी अवार्डको जुरी भएर समेत काम गरिसकेकी छन् । 

Skip This
Skip This
Logo