सूर्यज्योति लाइफको ऐतिहासिक सफल मर्जरको एक वर्ष पूरा, बीमा कोष ३० अर्ब पुग्यो

सूर्यज्योति लाइफको ऐतिहासिक सफल मर्जरको एक वर्ष पूरा, बीमा कोष ३० अर्ब पुग्यो

केन्द्रबिन्दु
0
Shares

जीवन बीमा कम्पनीहरूमध्ये पहिलोपटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पूरा गरेको छ । मर्जरपछि  सूर्यज्योति लाइफले एक वर्षमै आफूलाई अझै दरिलो रूपमा उभ्याउन सफल भएको छ ।  

एक वर्षको अवधिमा अझै विस्तारित शाखा सञ्जाल, परिस्कृत बीमा योजनाहरू र ग्राहकमैत्री सेवा पस्केर ऐतिहासिक सफलताको बाटोमा लम्किन थालेको छ ।

मर्जरपछि चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुर्‍याएको यस कम्पनीले संयुक्त कारोबार सुरु गरेको एक वर्षको अवधिमा सूर्यज्योतिको जीवन बीमा कोष झण्डै ८ अर्ब रुपैयाँले बढेर ३० अर्ब रुपैयाँ पुगेको छ । यो कम्पनीको कुल लगानी करिब ३५ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले मङ्सिर मसान्तसम्ममा आफ्नो नेटवर्थ ७ अर्ब ४० करोड रुपैयाँ कायम गर्न सफल भएको छ ।

चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा सूर्यज्योति लाइफले कुल ५२ करोड रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । देशभर रहेका १७६ शाखा सञ्जाल र अभिकर्तामार्फत आफ्ना बीमितहरूलाई  उत्कृष्ट सेवा प्रदान गर्दै कम्पनीले करिब २३ लाख जीवन बीमालेख बिक्री गरिसकेको छ ।

जनशक्तिका हिसाबले यो कम्पनी सबैभन्दा ठूलो रोजगारदाता जीवन बीमकका रूपमा समेत उभिएको छ । कम्पनीमा हाल ५७९ कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् भने देशभर करिब ९४ हजार अभिकर्ता सूर्यज्योति लाइफमा आबद्ध छन् ।

बजारको आवश्यकता र नवीनतम सोचअनुसार बीमा योजनाहरू ल्याउने रणनीतिअन्तर्गत यो जीवन बीमा कम्पनीले हालै कम प्रिमियममा  नै ठूलो बीमा गर्न सकिने र ७० वर्षको उमेरमा तिरेको सम्पूर्ण रकम फिर्ता हुने साथै रक्षावरण आजीवन रहिरहने आजीवन म्यादी बीमा ‘सही प्लान’बीमा योजना सार्वजनिक गरिसकेको छ ।

बीमा नियामक नेपाल बीमा प्राधिकरणले चुक्ता पुँजीवृद्धिको माध्यमबाट जीवन बीमा कम्पनीहरूबीच मर्जरलाई प्रोत्साहन गर्ने रणनीति बनाएपछि सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले २०७९ असार १२ गते मर्जरका लागि सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । बीमाङ्की मूल्याकन, विस्तृत लेखा परीक्षण र साधारणसभापछि यी दुवै कम्पनीले मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर गर्दै २०७९ पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाममा संयुक्त कारोबार शुभारम्भ भएको थियो ।

नेपालमै आइएसओ 9001:2015 गुणस्तर चिह्न प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्न पनि यो कम्पनी सफल बनेको छ । यो उचाइसम्म आइपुग्न साथ, सहयोग र विश्वास गर्ने बीमितहरू, अभिकर्ताहरू, अहोरात्र सेवाका लागि अग्रपङ्क्तिमा खटिने कर्मचारीहरू, हरेक पाइलाहरूमा मार्गनिर्देश गर्ने  नियमनकारी निकाय बीमा प्राधिकरण, सदैव सत्मार्गको बाटो देखाउने कम्पनीका सञ्चालकहरू तथा  कम्पनीमा आबद्ध शेयरधनीहरू सबैप्रति मर्जरको पहिलो वार्षिक उत्सवका अवसरमा कम्पनीका कार्यकारी प्रमुख प्रकाशविक्रम खत्रीले हार्दिक कृतज्ञता ज्ञापन व्यक्त गरेका छन् ।

Skip This
Skip This
Logo