पछिल्लो ५ महिनामा नेपाल भित्रियो १२ करोडको कन्डम

पछिल्लो ५ महिनामा नेपाल भित्रियो १२ करोडको कन्डम

केन्द्रबिन्दु
0
Shares

नेपालमा परिवार नियोजनको साधन कन्डम आयात बढेको छ । 

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/८१ को ५ महिनाको अवधिमा १२ करोड रुपैयाँभन्दा धेरैको कन्डम आयात भएको हो । यस अवधिमा १ करोड ९४ लाख वटा कन्डम नेपाल भित्रिएको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा ९ करोड २८ लाख ५८ हजार रुपैयाँको मात्रै आयात भएको थियो । यसअनुसार चालू वर्षको सोही अवधिमा २ करोड ७४ लाख रुपैयाँले आयात बढेको तथ्याङ्क छ ।

साउनदेखि मंसिरसम्मको अवधिमा सबैभन्दा धेरै भारतबाट १० करोड ९४ लाख रुपैयाँभन्दा धेरैको १ करोड ८६ लाख ९२ हजार वटा कन्डम भित्रिएको छ । साथै चीनबाट २२ लाख ४० हजार रुपैयाँ, कोरियाबाट ५२ लाख ४२ हजार रुपैयाँको र मलेसियाबाट ३३ लाख ४९ हजार रुपैयाँको कन्डम भित्रिएको छ ।

Skip This
Skip This
Logo