हर्क साम्पाङको अभियानमा राजेशपायल, दयाहाङ र विल्सनको आर्थिक सहयोग

हर्क साम्पाङको अभियानमा राजेशपायल, दयाहाङ र विल्सनको आर्थिक सहयोग

केन्द्रबिन्दु
0
Shares

धरानस्थित पर्यटकीय क्षेत्र चिन्डेडाँडामा ‘सुम्निमा-पारुहाङको प्रतिमा’ निर्माणका लागि धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले चलाएको आर्थिक सहयोग संकलन अभियानमा किराँती समुदायबाट प्रतिनिधित्व गर्ने कलाकारहरुले साथ दिएका छन् ।

सोमबार काठमाडौँमा आयोजित छलफल कार्यक्रममा अभिनेताद्वय दयाहाङ राई र विल्सन विक्रम राईले आर्थिक सहयोग गर्ने घोषणा गरे। उनीहरुले उक्त प्रतिमा निर्माणका लागि जनही एक/एक लाख रुपैयाँ सहयोग गर्न लागेका हुन् । त्यस्तै, गायक राजेशपायल राईले पनि एक लाख रुपैयाँ सहयोग गर्ने वचन दिएका छन्।

साम्पाङको उपस्थितिमा भएको छलफलमा शान्तिराम राई, सत्यकला राई, एलिसा राई, शम्भु राई लगायत पनि सहभागी थिए। उक्त प्रतिमा निर्माणका लागि २५ करोड लागत अनुमान गरिएको छ।

दयाहाङले किराँतीहरुको सभ्यता, मूल्य-मान्यता र दर्शनसहितको सुम्निमा-पारुहाङको प्रतिमा निर्माण हुँदा देशको पर्यटनमा समेत ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

‘किराती दर्शनलाई हामीले जसरी बुझेका छौं, त्यसलाई बाहिर लैजान सकिएको छैन। त्यसका लागि प्रतिमासँगै किराँती सभ्यतालाई प्रचार गर्ने अन्य चीज पनि स्थापना गर्नुपर्छ,’ उनले मेयर साम्पाङलाई सुझाव दिए।

Skip This
Skip This
Logo