संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चीन र नेपालको सम्बन्धमा नेपाल–लासा सिँधा हवाई उडान दोश्रो सेतुको रुपमा स्थापित भएको बताएका छन्।
बिहीबार हिमालाइन एयरलाइन्सको काठमाडौँ-ल्हसा उडानको उद्घाटन गर्दै मन्त्री किरातीले अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु भएको बताएका हुन्।
‘सन् १९६५ मा निर्माण सम्पन्न भएको अरनिको राजमार्गले उत्तरतर्फको ढोका खुल्यो र व्यापारको आकार पनि बढ्यो। त्यसैले, अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु मानिन्छ। मन्त्री किरातीले भने,‘अब दोस्रो प्रमुख सेतु हुनेछ, नेपालबाट तिब्बतमा हुने सोझो हवाइ उडान। तिब्बतको ल्हासामा प्रति वर्ष लगभग १ करोड पर्यटकहरु घुम्न आउने गर्छन् जसमध्ये ठूलो सङ्ख्या चिनियाँ बौद्ध धर्मावलम्बीहरुको हुने गर्छ जसको २५ प्रतिशत चिनियाँ पर्यटक मात्रै नेपाल भित्र्याउन सकियो भने अर्थतन्त्रमा ठूलो टेवा पुग्ने छ।’
नेपाल र चीनबीचको सम्बन्धमा केही ऐतिहासिक व्यक्तिले कोशेढुङ्गाको काम गरेको उनको भनाइ छ। पाँचौँ शताब्दीमा बुद्धभद्रले बुद्धसूत्रको अनुवाद गर्दै चीनमा बुद्धधर्मको प्रचार गर्ने काम गरेको उल्लेख गर्दै उनले चीन नीतिप्रति नेपाल प्रतिबद्धता रहेको बताएका छन्।
कोम्निङ, बेइजिङ, साङ्घाई क्विङ्डाओ, चोङ्कुइङ,कोङ्मिङ पछि ल्हसामा समेत गरेर ६ गन्तव्यमा उडान हुन थालेको हो। यससँगै ल्ह्वसामा उडान गर्ने पहिलो विदेशी कम्पनीको रुममा हिमालाइन एयरलाइन्स रहेको छ।































प्रतिक्रिया