नयाँ वर्षको उपलक्ष्यमा सिट्रोनको ‘न्यू इयर बोनान्जा’

नयाँ वर्षको उपलक्ष्यमा सिट्रोनको ‘न्यू इयर बोनान्जा’

केन्द्रबिन्दु
0
Shares

नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा ‘न्यू इयर बोनान्जा’ ल्याएको छ। भारतमा बनेको फ्रेन्च डिएनए कार ब्रान्डको रुपमा विश्व प्रसिद्ध सिट्रोन इनोभेसन र स्टाइलको लागि नेपाली अटोमोबाइल उद्योगमा छुट्टै नाम बनाउन सफल भएको छ । 

यस अफर अन्तर्गत ग्राहकहरूले सिट्रोनका दुई लोकप्रिय मोडलहरू- सिट्रोन सि ३ (पेट्रोल भर्जन) र सिट्रोन इ सि३ (विद्युतिय भर्जन) मा नगद छुट लगायत अन्य फाइदाहरु प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार ग्राहकहरुले सिट्रोनको १.२ लिटर इन्जिन क्षमताको पेट्रोल भर्जन सिट्रोन सि३ मा रु. २००,००० र विद्युतिय भर्जन सिट्रोन इ सि३ मा रु. १००,००० सम्मको लाभ पाउन सक्नेछन् ।

नयाँ वर्षको विशेष उपहारको रूपमा ग्राहकले प्रत्येक खरिदमा निःशुल्क सडक कर, एक वर्षको लागि निःशुल्क बीमा र निःशुल्क कार वास पाउन सक्नेछन्।

यसबाहेक ग्राहकहरूले क्यास बेनिफिट र एक्सचेन्ज बोनस पनि प्राप्त गर्नेछन् जसले आफ्ना ग्राहकहरुको नयाँ वर्षमा नयाँ उमंग थप्ने विश्वास कम्पनीले लिएको छ। न्यु इयर बोनान्जा सिट्रोनका नेपालभर रहेका सम्पूर्ण आधिकारिक डिलरहरु मार्फत उपलब्ध हुने जनाइएको छ।

Skip This
Skip This
Logo