काठमाडाैं ल्यानको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

काठमाडाैं ल्यानको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं ल्यानको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

एनआईसी एशिया क्यापिटलले आइडिया टु आइपीओ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आइपीओ जारी गर्ने चरणसम्म पु-याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

सोही सेवाअन्तर्गत तीनधारा मार्ग काठमाडाैं, नेपालमा रजिष्ट्रार कार्यालय रहेको काठमाडाैं ल्यानको प्रा.लि.लाई क्यापिटलको आइडिया टु आईपीआ सेवा अन्तर्गत काठमाडाैं ल्यानको प्रा.लि.लाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानून बमोजिम सर्वसाधारणहरुमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्नको लागि एन आई सी एशिया क्यापिटल लिमिटेड र काठमाडाैं ल्यानको बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको हाे ।

काठमाडाैं ल्यानको प्रा.लि. संगठित आवास, अपार्टमेन्ट निर्माण गर्ने तथा व्यवसायीक घर जग्गा कारोबार गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको एक प्रमुख रियल इस्टेट विकास कम्पनी हो । हाल उक्त कम्पनीले भैंसेपाटीमा २३ रोपनी क्षेत्रफलमा व्यवस्थित भिलाहरु निर्माण गर्न लागेको छ । जसमध्ये पहिलो चरणमा ३३ वटा भिला निर्माण गर्नको लागि काठमाडाैं उपत्यका विकास प्राधिकरणबाट आवश्यक अनुमति प्राप्त गरी निर्माणको चरणमा रहेका छन् भने दोश्रो चरणमा अपार्टमेन्ट भवन निर्माण गर्न आवश्यक कार्य अगाडि बढाइएको छ ।

Skip This
Skip This
Logo