भूकम्पपीडितलाई दुई प्रतिशत ब्याजमा ऋण दिन आग्रह

भूकम्पपीडितलाई दुई प्रतिशत ब्याजमा ऋण दिन आग्रह

केन्द्रबिन्दु
0
Shares

नलगाड नगरपालिकाले गत कात्तिक १७ गते गएको भूकम्पबाट जनधनको क्षति बेहोरेका पीडितलाई दुई प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउन आग्रह गरेको छ । 

नगरपालिकाले कार्यपालिकाको बैठकबाट निर्णय गरेर भूकम्प पीडितलाई दुई प्रतिशत ब्याजमा रु ५० लाखसम्म ऋण दिन आग्रह गरिएको नगरप्रमुख डम्बर रावतले बताए । उनले भने, “विसं २०७२ को भूकम्पबाट प्रभावित नागरिकलाई नेपाल सरकारले जसरी दुई प्रतिशत ब्याजदरमा ऋण दिएको थियोे, त्यसरी नै नलगाड नगरपालिकाका भूकम्पबाट प्रभावित नागरिकहरुलाई पनि दुई प्रतिशत ब्याजदरमा रु ५० लाखसम्म ऋण दिनका लागि अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंक लाई पत्र पठाइएको छ ।”

यहाँका अधिकांश सर्वसाधारणका घर, पशुचौपाया तथा घरमा रहेका अन्य सामग्रीसमेत नष्ट भएकाले समस्या भोगिरहेको भन्दै अर्थ र राष्ट बैंकसँग यस्तो माग गरिएको उनले बताए । नलगाडमा मात्र भूकम्प प्रभावितको सङ्ख्या आठ हजार ९७ घर परिवार रहेको छ । 

भारत गएर कमाइ ल्याएको रकमबाट बर्सेनि दैनिक परिवार पाल्ने यहाँका बासिन्दाको भूकम्पबाट सबै गुमाउँदा परेको समस्या समाधान गर्न नगरपालिकाले दुई प्रतिशतमा ऋण मागेको हो ।  

Skip This
Skip This
Logo