फोटोनको १५ सिटे इलेक्ट्रिक भ्यान नेपालमा

फोटोनको १५ सिटे इलेक्ट्रिक भ्यान नेपालमा

केन्द्रबिन्दु
0
Shares

फोटोनको हाई रुफ ईभी भ्यान नेपालमा सार्वजनिक गरिएको छ।

एक कार्यक्रम आयोजना गर्दै उक्त भ्यान सार्वजनिक गरिएको हो। ५७ लाख रुपैयाँमा उपलब्ध हुने १५ मिटर सो भ्यानको मूल्यमा फोटोन नेपालले ८० प्रतिशत फाइनान्सिङको सुबिधा पनि प्रदान गरिने जनाइएको छ।

फोटोन नेपालका सेल्स हेड नविन आचार्यका अनुसार धेरै फिचर र फराकिलो क्याविनको कारण यसलाई सहज रुपमा उपयोग गर्न सकिन्छ। साथै, अत्यन्त कम सर्भिस खर्च लाग्ने भएको कारण सवारीधनीले थप बचत गर्न सक्छन्।

 

यी ईभी भ्यानहरू युरोपियन युनियन डब्लूभीटिए प्रमाणित सवारी साधनहरू हुन्। जसको परीक्षण र निरीक्षण प्रख्यात जर्मन संस्था टीयूभी रेनल्याण्डद्वारा गरिएको छ।

फोटोनले गाडीको स्थायित्वका लागि तीन लाख किमी वा ५ वर्षको वारेन्टी प्रदान गर्दछ। हाई रुफ ईभी भ्यानमा ८५ किलोवाटको पावर फराकिलो भित्री भाग र आरामदायी सवारीको लागि फुल एसी रहेको छ।

Skip This
Skip This
Logo