यस्ताे छ आज तरकारी तथा फलफूलको मूल्य

यस्ताे छ आज तरकारी तथा फलफूलको मूल्य

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ र कालो अंगुर ३२० रुपैयाँ, अनार ३०० रुपैयाँ किवी ३०० रुपैयाँ, आभोकाडो २५० रुपैयाँ पर्दछ भने अमला ७० र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठूलो गोलभेँडा ६० रुपैयाँ, लोकल सानो गोलभेँडा १२ रुपैयाँ, अदुवा १४० रुपैयाँ, रातो आलु ३४ रुपैया, रातो भारतिय आलु ३० रुपैयाँ रहेको छ भने स्थानीय काउली २० रुपैयाँ, कागती १२० रुपैयाँ, सुकेको खुर्सानी ४८० रुपैयाँ, हरियो खुर्सानी ८० रुपैयाँ, अकबरे हरियो खुर्सानी ४०० रुपैयाँ प्रतिकेजी कायम भएको छ। त्यस्तै, बुधबार सखरखण्ड ६० रुख कटहरर ११० रुपैयाँ तोकिएको छ। 

यसैगरी, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, लोकल सेतो मूला र रातो मूला १५ रुपैयाँ रहेको छ भने लोकल घिउ सिमी ३० रुपैयाँ, राजमा घिउ सिमी १५० रुपैयाँ र हरियो फर्सी लाम्चो २० रुपैयाँ, डल्लो हरियो फर्सी ३० रुपयाँमा खरिदबिक्र भइरहेको छ। 

यता, तोरीको साग ४० रुपैयाँ, चमसूर, पालूगो  मेथी, जिरी, सौफको साग ९० रुपैयाँमा खरिदबिबक्री भइरहेको छ। परवर ९० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, भारतीय सुकेको प्याज ९० रुपैयाँ, चाइनिज प्याज ६० रुपैयाँ, हरियो प्याज ९० रुपैयाँ, पुदीना ३५० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ केजी कायम गरिएको छ।

ब्रोकाउली ४० रुपैयाँ, चाइनिज सुकेको लसुन २५० रुपैयाँ छ भने हरियो लसुन १२० र नेपाली सुकेको लसुन २६० रुपैयाँ पर्दछ 
डल्ले भान्टा ४० रुपैयाँ बोडि (तने) ११० रुपैयाँ र हरियो धनिया ९० रुपैयाँ पाइने समितले जनाएको छ।

यसैगरी, ताजा छडी माछा २४० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने रहु माछा ३६० रुपैयाँ र मंगुरी माछा ३०० रुपैयाँमा किनबेच भइरहेको छ।

Logo