२०२३ मा बीवाइडीका ३ मिलियनभन्दा बढी विद्युतीय सवारी साधन बिक्री, बन्याे च्याम्पियन

२०२३ मा बीवाइडीका ३ मिलियनभन्दा बढी विद्युतीय सवारी साधन बिक्री, बन्याे च्याम्पियन

केन्द्रबिन्दु
0
Shares

विद्युतीय सवारीसाधनको उद्योगमा विश्वमै अग्रणी स्थानमा रहेको बीवाइडीले सन् २०२३ मा ३ मिलियन भन्दा बढी संख्यामा विद्युतीय सवारी साधनहरु बिक्री गरेको छ ।

कम्पनीले सन् २०२३ मा ३० लाख २४ हजार ४१७ विद्युतीय गाडीहरू बेचेको घोषणा गरेको हो । यस माइलस्टोनले बीवाइडीको ६१.८ प्रतिशतको वर्षदर वर्ष वृद्धि मात्रै नभएर दिगो साधनहरुको विकासमा बीवाइडीको प्रतिबद्धतालाई पनि देखाएको छ। 

वार्षिक मापदण्डमा ४५ प्रतिशतको वृद्धि देखाउँदै बीवाइडीले डिसेम्बर २०२३ मा, कुल मासिक ३४१,०४३ न्यू इनर्जी गाडीहरू (एनईभी) बिक्री गरेको थियो । वर्षको अन्तिम महिनाको यस अद्भुत प्रदर्शनले बीवाइडीलाई विद्युतीय गाडीहरूको बजारमा अग्रणी स्थान सुनिश्चित गर्न सहयाेग गरेको छ ।

सन् २०२२मा पनि बीवाइडीले विद्युतीय गाडीको क्षेत्रमा नयाँ रेकर्ड कायम गर्दै १.८६ मिलियन विद्युतीय गाडीहरू बेचेको रेकर्ड दृढ गतिमा बनाएको थियो। कम्पनीको दिगो पर्यावरणीय संरक्षण र नविन प्रविधि विकास प्रतिको प्रतिवद्धताले नै बीवाइडीलाई विद्युतीय सवारीसाधनको क्षेत्रमा नयाँ उचाईमा पुर्याएको हो ।  

बीवाइडीको यो प्रगतिशील यात्राको एक महत्त्वपूर्ण क्षण रहेको छ । कम्पनीले आधिकारिक रुपमा आफ्नो ६ मिलियन विद्युतीय गाडीहरू बजारमा ल्याएको कम्पनीको प्राकृतिक तथा शुचित भविष्य सृष्टि गर्ने लक्ष्यमा एक ऐतिहासिक माइलस्टोन हासिल गरेको छ।  

कम्पनीको सफलता, यसको अत्याधुनिक प्राविधिको तथा बलियो उत्पादन लाइनअपको प्रमाण हो, जसले पर्यावरणमैत्री यातायात समाधानहरुको लागि बढ्दो विश्ववायापी मागसगँ प्रतिध्वनित गर्दछ। आजको दिनमा, कम्पनी विद्युतीय सवारी क्रान्तिको अग्रभागमा रहदै, उद्योगमै बेन्चमार्कहरु सेट गरी रहेको छ ।

Logo