यस्ताे छ आज तरकारी तथा फलफूलकाे मूल्य

यस्ताे छ आज तरकारी तथा फलफूलकाे मूल्य

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २२०, कालो अंगुर ३२०, केरा १३०, अनार २५०, किवी २००, आभोकाडो २५०, अमला ७० र अम्बा १०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठूलो गोलभेँडा ४०, लोकल सानो गोलभेँडा १०, अदुवा १५०, रातो आलु ३३, रातो भारतिय आलु २९ रूपैयामा कारोबार हुँदा स्थानीय काउली ३०, कागती १२०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ३०, लोकल सेतो मूला र रातो मूला १०, लोकल घिउ सिमी ४०, राजमा घिउ सिमी ७० र हरियो फर्सी लाम्चो ५०, डल्लो हरियो फर्सी ४० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ४०, रायो साग ३०, चमसूर, पालूगो  मेथी,  सौफको साग  जिरीको साग ९० रुपैयाँमा कारोबार हुनेछ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ८०, चाइनिज प्याज ६०, हरियो प्याज ९० र पुदीना २५० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन २५०, हरियो लसुन ९०, नेपाली सुकेको लसुन २६० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने डल्ले भान्टा ५०, लाम्चो भान्टा ४० र हरियो धनिया ९० रुपैयाँ पाइने समितले जनाएको छ। उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २६०, रहु माछा ३६० र मंगुरी माछा ३०० रुपैयाँमा किनबेच भइरहेको छ।

Logo