माघ महिनाको लागि कुमारी बैंकले घटायो ब्याजदर

माघ महिनाको लागि कुमारी बैंकले घटायो ब्याजदर

केन्द्रबिन्दु
0
Shares

कुमारी बैंकले माघ महिनाको लागि ब्याजदर घटाएको छ। बैंकले बिहीबार सूचना जारी गर्दै उक्त ब्याजदर घटाएको हाे।

माघ महिनामा मुद्दति निक्षेपमा अधिकतम ८.११% ब्याजदर दिने बैंकले जनाएको छ। योसंगै माघ महिनादेखि लागू गर्ने गरी एनआइसी एसिया बैंकले पनि ब्याजदर घटाइसकेको छ।

कुमारी बैंकले १ वर्षभन्दा बढी अवधिको लागि उक्त ब्याजदर निर्धारण गरेको हो। पुस महिनामा बैंकले अधिकतम ९.३१% ब्याजदर दिएको छ।

अब माघमा भने मुद्दति निक्षेपमा अधिकतम ८.११% र न्यूजतम ६.५०% मात्र ब्याज दिने भएको छ। अब यसले माघ महिनाका लागि भने ३ देखि ६ महिना अवधिको मुद्दति निक्षेपको ब्याजदर ६.५०% निर्धारण गरेको छ। 

Logo