राष्ट्र बैंकका पाँच कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर

राष्ट्र बैंकका पाँच कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल राष्ट्र बैंकका ५ जना कार्यकारी निर्देशकको जिम्मेवारी फेरिएको छ । राष्ट्र बैंकले ५ जना कार्यकारी निर्देशकहरुको सरुवा गरेको हो ।

जस अनुसार कार्यकारी निर्देशकहरु विश्रुत थापा, भुवन कँडेल, पीताम्बर भण्डारी, रेवती नेपाल र रामु पौडेललाई विभिन्न विभागमा सरुवा गरिएको छ ।

वित्त कम्पनी सुपरीवेक्षण विभागमा रहेका रामु पौडेललाई जनशक्ति व्यवस्थापन , जनशक्ति व्यवस्थापन विभागमा रहेका पीताम्बर भण्डारीलाई वित्त कम्पनी सुपरीवेक्षण विभागमा सरुवा गरिएको छ ।

त्यस्तै, आन्तरिक लेखापरीक्षण विभागका भुवन कँडेललाई भुक्तानी प्रणाली विभाग, भुक्तानी प्रणाली विभागका रेवती नेपाललाई मुद्रा व्यवस्थापन विभाग र मुद्रा व्यवस्थापन विभागका विश्रुत थापालाई आन्तरिक लेखापरीक्षण विभागमा सरुवा गरिएको राष्ट्र बैंकले जनाएको छ ।

Skip This
Skip This
Logo