सुनचाँदीको मूल्य आज पनि स्थिर

सुनचाँदीको मूल्य आज पनि स्थिर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर छ । आज सुन प्रतितोला ८९ हजार ६ सय रुपैंयाँमा कारोबार भइरहेको छ । यो विहिबारको मूल्य हो । शुक्रबार पनि यहि मूल्यमा कारोबार भएको थियो ।

गत बुधबार ८८ हजार ६ सय रुपैंयाँ कायम भएको सुन विहिबार १ हजारले बढेको थियो । चाँदीको मूल्य पनि आज स्थिर छ । शुक्रबार चाँदी तोलामा १५ रुपैंयाँ घटेर ९३५ रुपैंयाँमा कारोबार भएको र आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

लकडाउनको ७६ दिन पछि जेठ २५ गते खुलेको सुनचाँदी बजारमा पहिलो दिन मूल्य ८७ हजार ४०० कायम गरिएको थियो । सोमबार सुनको मूल्य प्रतितोला ८७ हजार ५०० थियो । यस्तै मंगलबार ८७ हजार ७०० कायम भएको सुन बुधबार ८८ हजार ६०० मा कारोबार भएको थियो ।

Logo