सामसङ ग्यालेक्सी एस–२४ सिरिजको खुल्यो प्री-अर्डर, कति छ मूल्य ?

सामसङ ग्यालेक्सी एस–२४ सिरिजको खुल्यो प्री-अर्डर, कति छ मूल्य ?

केन्द्रबिन्दु
0
Shares

दक्षिण कोरियाली स्मार्टफोन सामसङको सामसङ ग्यालेक्सी एस–२४ सिरिजको बुकिङ सुरू भएको छ। ग्यालेक्सी एस–२४ अल्ट्रा, ग्यालेक्सी एस–२४ प्लस र ग्यालेक्सी एस–२४ बेसको बुकिङ खुलेको कम्पनीले जानकारी दिएको छ।

अग्रिम बुकिङ गर्ने ग्राहकले अल्ट्रा–२५६ जिबी किन्दा डबल मेमोरी र बड्स एफई निशुल्क पाउने छन्। साथै, ४ जिबी र्याम ६४ जिबी स्टोरेज भएको ट्याब ए–८ एलटीई दुई हजार पाँच सय रूपैयाँमा पाउने कम्पनीले बताएको छ। 

त्यस्तै, प्लस र बेसको खरिदमा बड्स एफई ४ हजार रूपैयाँ पाउने छन्।  उपहार बाहेक अग्रिम बुकिङ गर्ने पहिलो पाँच सय ग्राहकहरूले एनसेल प्रिमियम नम्बर प्रतिदिन ७० मिनेट अल नेट भ्वाइस, सात सय एमबी डेटा र ७० एसएमएस सुविधा ६ महिनाका लागि तीन हजार पाँच सय रूपैयाँ पाउने कम्पनीले बताएकाे छ। 

फोनका विशेषताः 

ग्यालेक्सी एस–२४ 

६.८ इन्च फ्ल्याटर डिस्प्ले 
१२ जिबी र्याम २५६ जिबी स्टोरेज
कालो, खैरो र भायोलेट रङमा उपलब्ध 
मूल्य एक लाख ९९ हजार ९ सय ९९रूपैयाँ 
ग्यालेक्सी एस–२४ अल्ट्रा

६.८ इन्च फ्ल्याटर डिस्प्ले 
१२ जिबी र्याम ५६ जिबी स्टोरेज
कालो, खैरो र भायोलेट रङमा उपलब्ध 
मूल्य एक लाख ८४ हजार ९ सय ९९ रूपैयाँ 
ग्यालेक्सीएस–२४ प्लस 

६.७ इन्च डिस्प्ले 
८ जिबी र्याम २५६ जीबी स्टोरेज 
भायोलेट र पहेलो रङमा उपलब्ध
मूल्य एक लाख ४२ हजार नौ सय ९९ रूपैयाँ 
ग्यालेक्सी एस–२४ बेस

६.२ इन्च डिस्प्ल
८ जिबी र्याम २५६ जीबी 
भायोलेट, पहेँलो रङमा उपलब्ध मूल्य एक लाख १९ हजार नौ सय ९९ रूपैयाँ 
ग्राहकले यी फोन सामसङको वेवसाइट र नजिककाे स्टोरमा आगामी २३ गतेसम्म बुकिङ गर्न सक्ने कम्पनीले बताएको छ। 

Skip This
Logo