लकडाउनपछि भारतले आयात राेकेका तीन नेपाली उत्पादनहरु

लकडाउनपछि भारतले आयात राेकेका तीन नेपाली उत्पादनहरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
यतिबेला कोरोना भाइरस (कोभिड–१९)को संक्रमणले विश्वलाई आतंकित बनाएको छ । यसको प्रभावले गर्दा विश्व नै लकडाउनमा रहेको छ । लकडाउनले अन्तर्राष्ट्रिय सीमा तथा उडानहरु समेत बन्द रहेका छन् । यसले गर्दा आर्थिक गतिविधि हुने सम्पूर्ण क्षेत्रहरु ठप्प रहेका छन् । यसको असर नेपालमा पनि प्रत्यक्ष रुपमा परेको छ । तर, ३ महिनादेखि मुलुक लकडाउनमा रहेता पनि अत्यावश्यक वस्तु तथा भारतबाट आयात हुने बस्तु भने रोक लगाइएको छैन ।

भारतबाट नेपाल आयात हुने बस्तु निर्बाध रुपमा आयात भइरहेको छ । तर पछिल्लो समय नेपाल र भारतबीच सीमामा विवाद बढी रहेको छ । यसले गर्दा नेपाल भारतबीच आयात निर्यात तथा निर्यात हुने वस्तुमा यसको प्रभाव पर्न थालेको हो की भन्ने आँकलन गर्न थालेका छन् ।

भारतले केहि समय अगाडीदेखि विभिन्न बाहानामा नेपालबाट निर्यात हुने वस्तुहरुमा बेलाबेलामा रोक लगाउदै आएको छ । लकडाउन भन्दा पहिले अदुवा र पाम आयल तेल आयातमा रोक लगाएको थियो । तर, पाम आयल तेल केहि समय पछि दुवै देश बीचको समन्वयमा पूर्ण निर्यात सुरु गरिएको थियो ।

अहिले फेरि नेपालबाट भारतमा निर्यात हुदै आएको अलैंचीको पनि आयातमा रोक लगाउन सुरु गरेको छ । काँकडभिट्टा पारि भारतको पश्चिम बंगालको पानीट्यांकी भन्सारले नेपालबाटै गएको अलैँची बोकेको ट्रकलाई भन्सारमा नै रोकेर जान दिएको छैन । नेपाल अलैँची व्यवसायी महासंघका महासचिव सुवास भट्टराईका अनुसार काँकडभिट्टा नाकाबाट अलैँची बोकेका १० वटा ट्रक भन्सारमा नै थन्किएर बसेका छन् ।

नेपालका अलैंची निर्यातकर्ता काँकडभिट्टा भन्सारबाट अलैँची निकासी गर्न पाउने भएपछि खुशी भएर व्यवसायीहरुले १० ट्रक अलैँची काँकडभिट्टा नाकाबाट निर्यात गर्ने योजना बनाए पनि भन्सारबाट अलैंची बोकेका ट्रक भन्सारमा नै रहेको जानकारी दिदै उनले भने, ‘निर्यातका लागि नेपालको काँकडभिट्टा भन्सार र भारतीय पानीट्यांकी भन्सार दुवैतिर सबै कागजी प्रक्रिया मिलाइएको तर नाकामा तैनाथ पश्चिम बंगाल सरकारको प्रहरीले ट्रक भारत छिराउन दिएको छैन ।’

लकडाउन सुरु भएपछि काँकडभिट्टा नाका हुँदै नेपाल पैठारी हुने सबै खाले सवारी साधन आवातजावत भइरहेको छ । तर कोरोना महामारी पछि भारतले विभिन्न बाहानामा नेपालबाट निर्यात हुने पाम आयल तेल, चिया र अहिले आएर अलैंचीमा पनि रोक लगाउन थालेको छ । व्यवसायीहरुले भारतले यसरी निर्यात हुने सामानमा रोक लगाए पछि सरकारलाई जानकारी गराएका छन् ।

यस भन्दा अघि गत बैशाख २९ अर्थात मे ११ तरिखदेखि नेपालमा प्रशोधित पाम आयलको निर्यातमा भारतबाट दोस्रो पटक अवरोध भएको थियो । पछिल्लो समय नेपालबाट ठूलो परिमाणमा पाम आयल भारत निर्यात हुँदै आएको भएपनि भारतले दोस्रो पटक एक्कासि तेल आयातमा रोक लगाएको थियो ।

नेपालको कूल निर्यात हुने बस्तु मध्ये पाम आयलको निर्यात करिव २५ प्रतिशत हुने गरेको थियो । पाम आयलकै कारण पछिल्लो समय नेपालको वैदेशिक व्यापार घाटाको स्थिति समेत सुधारोन्मुख हुँदै आएको थियो तर यसरी भारतले कोरोना महामारीको अवस्थामा पनि पाम आयलको तेल, चिया र अलैंची आयात अवरोधले नेपालको आयात निर्यातको व्यापारिक सन्तुलनमा समेत धक्का लाग्ने देखिएको छ । नेपालबाट चालु आर्थिक वर्षको १० महिनामा करिव १७ अर्ब रुपैंयाँ बराबरको पाम आयल निकासी भएको भन्सार विभागको तथ्यांक छ । गत वर्ष सोही अवधिमा कूल ५ अर्ब ६५ करोड बराबरको मात्रै निकासी भएको थियो ।

त्यस्तै, नेपालमा उत्पादन हुने चियामा पनि पाम आयाल तेल पछि भारतले आयातमा रोक लगाएको थियो । तर नेपालमा उत्पादित चियाको मूख्य बजार भारत नै रहेको छ । कोरोना महामारीको बेलामा भारतले चियाको सिजनमा आएर अघोषित प्रतिबन्ध लगाइएको व्यवसायीहरुले बताउदै आएका छन् । चालु आर्थिक वर्षको १० महिनामा नेपालबाट भारतमा चिया एक अर्ब ६३ करोड ५४ लाख रुपैंयाँ बराबरको ७४ लाख ६६ हजार किलो चिया निर्यात भइसकेको भन्सार विभागले जनाएको छ ।

Skip This
Skip This
Logo