काठमाडौं ।
उद्योग वाणिज्य महासंघको साधारणसभाको मिती तोक्नको आगामी असार ८ गते कार्यकारिणी समितिको बैठक बस्ने भएको छ ।
महासंघकले गत शुक्रबार बसेको पदाधिकारी बैठकले साधारणसभाको मिती तोक्न कार्यकारिणी बैठक बोलाउने निर्णय गरेको थियो । कार्यकारिणी बैठक बोलाउन १५ दिनको समय दिनुपर्ने महासंघको विधानमा व्यवस्था गरिएको छ । असार ८ गते बस्ने वैठकले महासंघको साधारणसभाको मिती तय गर्ने जनाइएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले गत चैत ११ गतेदेखि मुलुकैभरी लकडाउन गरेको थियो । लकडाउनका कारण महासंघको साधारणसभाको मिति तोक्न सकेको थिएन । गत चैत २७ र २८ गतेका लागि डाकिएको साधारणसभा लकडाउनको कारण स्थगित भएको थियो ।





























प्रतिक्रिया